२०८३, आश्विन २१ गते

images

तीनकुने घटनाबारे सरकारको जवाफ माग, गृहमन्त्रीलाई समितिमा बोलाइयो

तीनकुने घटनाबारे सरकारको जवाफ माग, गृहमन्त्रीलाई समितिमा बोलाइयो

बुधवार, चैत्र २० २०८१०५:०५
बुधवार, चैत्र २० २०८१०५:०५
  • images

    काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिले राजावादी समूहको गत चैत १५ गतेको प्रदर्शनको क्रममा भएको लुटपाट, तोडफोड तथा आगजनीका घटनाबारे जवाफ दिन गृहमन्त्री रमेश लेखकलाई बोलाएको छ ।

    बुधबार सिंहदरबारमा बसेको समिति बैठकमा सांसदहरुले राजावादी समूहको प्रदर्शनको क्रममा भएको जनधनको क्षतिबारे सत्तापक्ष र प्रतिपक्षी दलका सांसदहरुले गृहमन्त्रीको जवाफ माग गरेका थिए । राजावादी समहूको प्रदर्शनबारे जवाफ दिन गृहमन्त्री शुक्रवारको समिति बैठकमा उपस्थित हुने समिति सभापति रामहरि खतिवडाले बताए ।

    नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेले तीनकुने घट्नामा सरकारको गम्भिर त्रुटी रहेको भन्दै गृहमन्त्री आएर जवाफ दिनुपर्ने बताए । प्रदर्शनलाई नियन्त्रण गर्नसक्ने स्थिति हुँदाहुँदै सरकारले सही कदम चाल्न नसक्दा स्थिति नियन्त्रण बाहिर गएको उनको ठहर छ । 

    उनले भने, ‘जहाँसम्म १५ गतेको घटना हो सरकारले ठिक गरेन नि त । आफ्नै प्रहरीले घेरा हालेको बेला चाहीँ समात्न नसक्ने । अनि अहिले आएर छिटोभन्दा छिटो सरकारले समात्छ भन्ने ? कसले पत्याउँछ यस्तो कुरो ? यसका लागि माननीय गृहमन्त्रीज्युलाई बालाउनुपर्छ र जवाफ माग्नुपर्छ ।’

    उनले आन्दोलनका कमाण्डर दुर्गा प्रसाईंलाई समेत सरकारले नै भगाएको आशयको अभिव्यक्ति दिए । प्रहरीले घेरा हालेको बेला किन नसमाएको भन्दै प्रश्न समेत गरे ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend