२०८३, आश्विन २१ गते

images
  • स्थानीय
  • कार्यालय समयमै प्रमुख प्रशासकीय अधिकृतले मदिरा...

कार्यालय समयमै प्रमुख प्रशासकीय अधिकृतले मदिरा सेवन गरेर लफडा गरेपछि...

कार्यालय समयमै प्रमुख प्रशासकीय अधिकृतले मदिरा सेवन गरेर लफडा गरेपछि...

बिहिवार, चैत्र २१ २०८११०:५३
बिहिवार, चैत्र २१ २०८११०:५३
  • images

    काठमाडौँ । बर्दियाको बार बर्दिया नगरपालिकाकामा अभद्र व्यवहार गर्ने प्रमुख प्रशासकीय दीपक आचार्य पक्राउ परेका छन् । बुधबार राती उनलाई जिल्ला प्रहरी कार्यालय बर्दियाले पक्राउ गरेको हो ।  

    प्रमुख आचार्यले कार्यालय समयमा मदिरा खाई कार्य भित्र टेबल तोडफोड गर्ने र हो हल्ला गरेपछि  नियन्त्रणमा लिएर राखिएको जिल्ला प्रहरी कार्यालय, बर्दियाका सूचना अधिकारी एवं डिएसपी ऋषिराम घर्ती मगरले जानकारी दिए । 

    ‘उहाँलाई हामीले गएराति नियन्त्रण लिएका छौ, अहिले अभद्र व्यवहारमा नियन्त्रणमा लिएको हो, कुन मुद्दा चलाउने कसरी जाने भन्ने अव मेयर साहेब आएपछि छलफल हुन्छ’, उनले भने ।

    उनले कार्यालयमा अभद्र व्यवहारपछि सामाजिक सञ्जालमा मेयर तथा उपमेयरविरुद्ध विभिन्न लान्छना लगाउँदै  लामो स्टट्यटस समेत लेखेका थिए । पालिकाले अभद्र व्यवहारसम्बन्धी र साइबर क्राइम सम्बन्धी उजुरी  दिने  नगरपालिका प्रमुख छविलाल थारुले जानकारी दिए ।

    प्रमुख प्रशासकीय अधिकृत दीपक आचार्यले मङ्गलवार दिउँसो मदिराले मातेर कार्यालयमा आएर उपमेयर रत्नकुमारी पाण्डेको कार्यकक्षमा गई झैझगडा गर्नुका साथै उद्दण्ड व्यवहार प्रदर्शन गरेका थिए । मेयर र उपमेयरलाई सडक छाप बनाइदिने धम्की समेत उनले दिएका थिए।

    मदिराले मातेर कार्यालय आएपछि नगर प्रमुख छविलाल थारुले प्रहरीलाई खबर गरेका थिए । उनलाई प्रहरीले मङ्गलवार नै नियन्त्रणमा लिएको थियो ।  मापसे चेक गराउँदा प्रमुख प्रशासकीय अधिकृतले मापसे गरेको पुष्टि भएको थियो । सोही दिन साँझ उनलाई प्रहरी छोडेको थियो । 

    फेरि सामाजिक सञ्जालमार्फत मेयर तथा उपमेयरलाई गालीगलौज गरेपछि  मोबाइल अफ गरेर उनी सम्पर्कविहीन भएका थिए । उनलाई बुधबार राति पुनः पक्राउ गरिएको हो । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend