२०८३, आश्विन २१ गते

images
  • स्थानीय
  • प्रमुख प्रशासकीय अधिकृतलाई रोक्न मेयर बालेनले...

प्रमुख प्रशासकीय अधिकृतलाई रोक्न मेयर बालेनले खटाए नगर प्रहरी

प्रमुख प्रशासकीय अधिकृतलाई रोक्न मेयर बालेनले खटाए नगर प्रहरी

बिहिवार, चैत्र २१ २०८१११:२८
बिहिवार, चैत्र २१ २०८१११:२८
  • images

    काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ र प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं आमनेसामने भएका छन् । बालेनले काठमाडौँ भ्यू टावरमा गल्ती गरेको देखाउँदै गुरागाईंलाई कारवाही गरेका थिए । 

    तर, उनले गल्ती नगरेको भेटिएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उनलाई काठमाडौँ महानगरमै गएर काम गर्न निर्देशन दिएको थियो । प्रशासकीय अधिकृत नहुँदा महानगरका काम प्रभावित भएका छन् भने कर्मचारीले तलब खान पाएका छैनन् ।  नगरपालिकाका कर्मचारी भने गुरागाईंको स्वागतका लागि तयार भएर बसेका छन् । 

    मुख्य सचिव एकनारायण अर्यालको निर्देशन अनुसार बिहीबार महानगरमा हाजिरी गर्न जाने तयारी गरेका उनलाई मेयर बालेन शाहले रोक्न महानगर प्रहरी परिचालन गरेका छन् ।

    Ktm-Mahanagar.jpg

    गुरागाईं विहीबार महानगरपालिकाको कार्यालयमा काममा फकर्ने तयारीमा थिए । उनी काममा फर्कने भएपछि महानगर प्रहरी तैनाथ गरेर उनलाई गेटमै रोक्न खोजिएको हो ।

    महानगरका कर्मचारीहरूले भने सरकारले गुरागाईंलाई नै पठाएकाले हाजिर गर्न लगाएर काममा खटाउने पर्ने माग गरेका छन् ।

    समाधानको मुख्य मियो मेयर बोलन शाह भएकाले उनी आफैं आएर यो समस्याको समाधान गर्नुपर्ने प्रदर्शनमा उत्रिएका कर्मचारीहरुको माग छ । उनीहरूले प्रमुख प्रशासकीय अधिकृतको गाडीमा समेत मेयरको निर्देशनमा महानर प्रहरीले ह्वील लक गरेको दाबी गरेका छन् । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend