२०८३, आश्विन २१ गते

images

राजावादी समूहले शान्तिपूर्ण आन्दोलन गर्ने अनुमति लिएर निजी सम्पत्ति तोडफोड र आगजनीमा उत्रिएः गृहमन्त्री

राजावादी समूहले शान्तिपूर्ण आन्दोलन गर्ने अनुमति लिएर निजी सम्पत्ति तोडफोड र आगजनीमा उत्रिएः गृहमन्त्री

शुक्रवार, चैत्र २२ २०८१०२:५१
शुक्रवार, चैत्र २२ २०८१०२:५१
  • images

    काठमाडौं । गृहमन्त्री रमेश लेखकले चैत १५ गते काठमाडौँको तीनकुनेमा राजावादीहरूले गरेको प्रदर्शन संविधान समाप्त पार्ने उद्देश्यले गरिएको बताएका छन्।

    शुक्रबार सिंहदरबारस्थित राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रदर्शनबारे जानकारी दिँदै उनले यस्तो बताएका हुन्। उनले तीनकुनेमा भएको प्रदर्शनमा संविधान उल्ट्याउने र व्यवस्था मास्ने उद्देश्यले अमर्यादित र हिंसात्मक क्रियाकलापहरू भएको बताए।

    गृहमन्त्री लेखकले राजावादी समूहले शान्तिपूर्ण आन्दोलन गर्ने अनुमति लिएर निजी सम्पत्ति तोडफोड र आगजनीमा उत्रिएको बताए। उनले पूर्वराजा ज्ञानेन्द्र शाहले सार्वजनिक गरेको अभिव्यक्ति, फागुन २५ को प्रदर्शन तथा राजावादी नेताहरूले दिएको अभिव्यक्ति केलाएर हेर्दा संविधान र व्यवस्था उल्ट्याउने उद्देश्य नलुकेको बताए।

     प्रदर्शनको नेतृत्व गर्नेहरूले नै भिडलाई हिंसात्मक र निजी सम्पत्तिमाथि आगजनी गर्न उसाएको उनको आरोप छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend