काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेलाई पक्राउ गर्न प्रहरी उनको घरमै पुगेको छ ।
उच्च अदालत तुलसीपुरका न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले जिल्ला अदालत रुपन्देहीलगायतको आदेश बदर गर्दै रविलाई थुनामा पठाउने आदेश गरेलगत्तै प्रहरी उनलाई पक्रन पुगेको हो ।
केहीबेरअघि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोली रविको बुढानीलकण्ठस्थित निवासमा पुगेको छ ।
उनले सामाजिक सञ्जाल मार्फत अदालतको आदेशको सम्मान गर्दै आफूले आजै गिरफ्तारी दिन लागेको बताएका छन् ।
‘सम्मानित अदालतको आदेशको सम्मान गर्दै म आफै आजै अहिले नै गिरफ्तारी दिँदै छु। साथै न्यायालयका अन्य ढोकाहरू मेरा लागि खुला होलान् नै । न्यायका लागि दुनियाँका सबै ढोका ढकढकाउँछु । म माथि ठुलो अन्याय भएको छ’, उनले भनेका छन् ।
रविको स्टाट्सः अदालतको आदेशको सम्मान गर्दै अहिले नै गिरफ्तारी दिदैछु

