२०८३, आश्विन २० गते

images
  • समाचार
  • अर्घाखाँचीमा जिप दुर्घटनाः २ जनाको मृत्यु,...

अर्घाखाँचीमा जिप दुर्घटनाः २ जनाको मृत्यु, २ घाइते

अर्घाखाँचीमा जिप दुर्घटनाः २ जनाको मृत्यु, २ घाइते

सीएनएन खबर
आइतवार, चैत्र २४ २०८१०७:१४
सीएनएन खबर
आइतवार, चैत्र २४ २०८१०७:१४
  • images

    काठमाडौँ । अर्घाखाँचीमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । जिल्लाको मालारानी गाउँपालिका–३ ढुङ्गाडेस्थित लुटीपोखरी–खनदह भित्री सडकखण्डमा लु २ च २९९० नम्बरको सिङ्गल क्याब जिप दुर्घटना हुँदा दिलिप खनाल र बालकृष्ण रिजालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

    उक्त दुर्घटनामा २ जना घाइते भएका छन् । खनदहतर्फ गइरहेको जिप आइतबार बिहान साढे तीन बजेतिर दुर्घटना भएको जानकारी प्रहरीले पाएको थियो । लगत्तै खनदहबाट प्रहरी टोली उद्धारमा खटिएको थियो ।

    प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका दुवैलाई उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्क लगिएकोमा बिहान चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

    अन्य २ जना घाइतेलाई थप उपचारका लागि बुटवल पठाइएको छ । जिप सडकबाट करिब २०० मिटर तल खसेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend