२०८३, आश्विन २२ गते

images

सुरेश रजक मृत्यु प्रकरणः तीनकुनेमा आगजनी भएको घरभित्र देखिएकी कुँवर पक्राउ

सुरेश रजक मृत्यु प्रकरणः तीनकुनेमा आगजनी भएको घरभित्र देखिएकी कुँवर पक्राउ

सोमवार, चैत्र २५ २०८१०५:५३
सोमवार, चैत्र २५ २०८१०५:५३
  • images

    काठमाडौं । तीनकुनेको एउटा घरमा भएको आगजनीलाई लिएर पत्रकार एवं धार्मिक अभियन्ता एनी कुँवर पक्राउ परेकी छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएका प्रहरीले आज पक्राउ गरेका हुन् ।

    सामाजिक सञ्जालमा सार्वजनिक भएको एउटा भिडिओमा आगजनी भएको घरको भर्‍याङबाट एनी ओर्लिरहेको देखिएको थियो । सोही घरमा पत्रकार सुरेश रजक जलेका थिए । कतिपयले घटनामा एनीको संलग्नता हुन सक्ने आशंका गरिरहेका छन् । एनीले भने आफूले त्यसबेला सुरेशलाई नदेखेको दाबी गरेकी थिइन् ।

    आगो कसले झोस्यो भन्ने पुष्टि नभए पनि घरभित्र प्रवेश गरेका सबैलाई अनुसन्धानमा तानिएको प्रहरीले जनाएको छ । एनी एभिन्युज टिभीकी पूर्वपत्रकार हुन् । हाल उनी राजावादी अभियान तथा धार्मिक अभियानहरूमा सक्रिय छिन् । 

    उनले आफूले घरभित्र पानी हाल्दै गरेको तथा बाहिरबाट लाइभ गरेर गुहार मागेको भिडिओ सार्वजनिक गर्दै आफू निर्दोष रहेको बताइरहेकी थिइन् ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend