२०८३, आश्विन २१ गते

images
  • स्थानीय
  • एम्बुलेन्स खरिदमा घोटाला भएको छैनः बालेनको...

एम्बुलेन्स खरिदमा घोटाला भएको छैनः बालेनको सचिवालय

एम्बुलेन्स खरिदमा घोटाला भएको छैनः बालेनको सचिवालय

सोमवार, चैत्र २५ २०८१०९:१३
सोमवार, चैत्र २५ २०८१०९:१३
  • images

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहको सचिवालयले ३५ वटा एम्बुलेन्स खरिदमा घोटाला नभएको बताएको छ।

    सोमबार (आज) प्रेस विज्ञप्ति जारी गर्दै सचिवालयले भनेको छ, 'खरिद प्रक्रियामा जनप्रतिनिधिको कुनै संलग्नता नहुने आधारभूत व्यवस्थाको कानुनी व्यवस्था रहेको हुदाँ उक्त सामग्री पूर्वाग्रहपूर्ण र भ्रामक छ। उजुरी परेको तथ्य ब‌ङ्ग्याइएको छ। तोडमोड गरिएको छ। यसरी सार्वजनिक गरिएका विषय असत्य छन्। तथ्य बाहिर छन्।'

    यसअघि विभिन्न सञ्चारमाध्यममा एम्बुलेन्स खरिदमा घोटाला भएको समाचार प्रकाशित भएका थिए। त्यसको खण्डन गर्दै विज्ञप्तिमा थप भनिएको छ, 'यसरी विषय पुष्टि नभइ प्रकाशन भएका सामग्रीले पदाधिकारीको मानमर्दन भएको छ। सार्वजनिक छविमा भ्रम सिर्जना भएको छ। निराधार, झुटा विवरणले महानगरपालिकाका प्रमुख, स्वकीय सचिव र पदाधिकारीको चरित्र हत्या भएको छ,' त्यहाँ भनिएको छ।

    यसअघि एम्बुलेन्स खरिदमा घोटाला भएको भन्दै मेयर बालेन, उनका प्रमुख स्वकीय सचिव भूपदेव साह र खरिद प्रक्रियामा संलग्न कर्मचारीहरूमाथि कारबाही माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको समाचार बाहिरिएका थिए। सी–०४०५६९ दर्ता नम्बर भएको भनिएको उक्त उजुरी झुटो भएको सचिवालयको जिकिर छ। 

    यसअघि महानगरले पश्चिम नेपालका पालिकालाई वितरण गर्नेगरी ३५ वटा एम्बुलेन्स खरिदको निर्णय गरेको थियो। तर, त्यहाँ घोटाला भएको भन्दै उजुरी परेको बताइएको छ। उजुरीकर्ताले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ (क) र ९ बमोजिम कानुनी कारबाहीको माग गरेको भनिएको छ।

    bale.jpg
    undefined

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend