काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले राप्रपालाई धन्यावाद दिएका छन् । सामाजिक सञ्जाल मार्फत उनले कार्यक्रम स्थल आफै सफा गरेको भन्दै धन्यवाद दिएका हुन् ।
‘कसैले फोहोर गर्छन् र जरिवाना तिराउने भनेर महानगर बसेको हुदैन । सार्वजनिक स्थानमा कुनै पनि व्यक्ति, संस्था र कार्यक्रमले फोहोर नगरोस् भन्ने महानगर चाहन्छ । राप्रपाले आजको कार्यक्रममा आफै सरसफाइ गरेकोमा धेरै धेरै धन्यवाद छ’, उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
राप्रपाले मंगलबा काठमाडौँको बल्खु क्षेत्रमा आयोजना गरेको खबरदारी सभामा जम्मा भएको फोहोर आफै सफा गरेको थियो ।

