२०८३, आश्विन २१ गते

images

सुनसरीको दुहवी नगरपालिका सामाजिक सुरक्षा कोषमा आवद्ध

सुनसरीको दुहवी नगरपालिका सामाजिक सुरक्षा कोषमा आवद्ध

शनिवार, चैत्र ३० २०८१११:५९
शनिवार, चैत्र ३० २०८१११:५९
  • images

    काठमाडौँ । सुनसरी जिल्लाको दुहवी नगरपालिका सामाजिक सुरक्षा कोषमा आवद्ध भएको छ । 

    शुक्रबार औपचारिक र अनौपचारिक क्षेत्रका कामदारहरुलाई सामाजिक सुरक्षा कोषमा ल्याउने गरी आवद्ध भएको हो । 

    सामाजिक सुरक्षा कोषका कार्यकारी निर्देशक कविराज अधिकारी र दुहबी नगरपालिकाका नगरप्रमुख बेद कुमार गच्छदार बिच समझौता पत्रमा हस्ताक्षर भएको कोषको कर्यालयले जनाएको छ । 

    उक्त सम्झौतापत्रमा हस्ताक्षर भएसँगै अब औपचारिक र अनौपचारिक क्षेत्रमा श्रमिकहरु कोषमा आवद्ध हुने बाटो खुलेको छ । यसअघि नै अन्य नगरपालिका तथा गाउँपालिका कोषमा आवद्ध भैसकेका छन् । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend