२०८३, आश्विन २२ गते

images

भक्तपुरमा लक्जरीय ५ तारे रिसोर्ट स्वनिगः बनाउन भूमि पूजा

भक्तपुरमा लक्जरीय ५ तारे रिसोर्ट स्वनिगः बनाउन भूमि पूजा

सोमवार, बैशाख १ २०८२०३:४३
सोमवार, बैशाख १ २०८२०३:४३
  • images

    काठमाडौं । भक्तपुरमा लक्जरीय ५ तारे रिसोर्ट स्वनिगः बनाउन भूमि पूजा गरिएको छ । ६० भिल्लाको यो रिसोर्ट साढे वर्षमा बनाउने घोषणा गरिएको छ । रिसोर्टमा ४ अर्ब ७५ करोड रुपैयाँ भन्दा बढी लगानी हुने भएको छ । यो रिसोर्ट गैरआवासीय नेपाली शेष घले र नेपाली होटल व्यवसायी अमृतरत्न शाक्यसहितको लगानीमा बनाउन लागिएको हो ।

    नयाँ वर्ष २०८२ को पहिलो दिनको अवसर पारेर स्वनिगः रिसोर्टले भक्तपुरको सूर्यविनायक नगरपालिकामा पर्ने गुण्डुमा अत्याधुनिक पाँचतारे रिसोर्ट बनाउने भएको छ । रिसोर्टले सोमबार स्थानीय समुदायका अगुवाहरुको सहभागितामा भूमि पूजा कार्यक्रम सम्पन्न गरेको छ ।

    यो परियोजनामा एउटा अन्तर्राष्ट्रिय ब्रान्डको पाँचतारे होटल, टाइम सेयर मोडेलका भिल्ला तथा विभिन्न मनोरञ्जन केन्द्रहरू समावेश हुने छ । नयाँ नेपाली ब्रान्ड ‘स्वनिगः’ अन्तर्गत सञ्चालन हुने यो रिसोर्ट पर्यटन आकर्षण गर्ने स्थान पनि हुने उल्लेख छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend