२०८३, आश्विन २१ गते

images

वीरगञ्ज महानगरमा लगाइएकोे निषेधाज्ञा हट्यो

वीरगञ्ज महानगरमा लगाइएकोे निषेधाज्ञा हट्यो

शुक्रवार, बैशाख ५ २०८२०७:३१
शुक्रवार, बैशाख ५ २०८२०७:३१
  • images

    काठमाडौँ । जिल्ला प्रशासन कार्यालय पर्साले आज बिहानदेखि वीरगञ्ज महानगर क्षेत्रमा लगाएको निषेधाज्ञा हटाएको छ । 

    प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको अध्यक्षतामा बिहीबार बसेको जिल्ला सुरक्षा समितिको बैठकले वीरगञ्जको शान्तिसुरक्षाको स्थिति सामान्य भएकाले आज बिहान ७ः०० बजेदेखि निषेधाज्ञा हटाउने निर्णय गरेको हो ।

     “स्थानीय प्रशासन ऐन,२०२८ को दफा ६९३क० बमोजिम वीरगञ्ज महानगरका केही क्षेत्रमा वैशाख १ गतेदेखि निषेधाज्ञा आज बिहान ७ः०० बजेदेखि लागू हुने गरी हटाउने निर्णय भएको छ ।” जिल्ला सुरक्षा समितिको निर्णयमा भनिएको छ  ।

    गत शनिबार हनुमान् जयन्तीका अवसरमा आयोजित शोभायात्रामा दुईपक्षबीच झडप भएपछि महानगरका विभिन्न भागमा निषेधाज्ञा जारी गरिएको थियो । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend