२०८३, आश्विन २१ गते

images

शुद्धोधन गाउँपालिकाका अध्यक्ष चौधरीमाथि गोली प्रहार

शुद्धोधन गाउँपालिकाका अध्यक्ष चौधरीमाथि गोली प्रहार

शुक्रवार, बैशाख ५ २०८२१०:१२
शुक्रवार, बैशाख ५ २०८२१०:१२
  • images

    काठमाडौँ । शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरीमाथि गोली प्रहार भएको छ ।

    बिहीबार राति ११ः३० बजेको समयमा मायादेवी गाउँपालिका वडा नं १ पकडीस्थित निवासमा नै गोली प्रहार भएको हो ।

    जिल्ला प्रहरी कार्यालय सूचना अधिकारी तथा डीएसपी मोहनमणि अधिकारीका अनुसार राति बिजुली गएका बेला शौचालय गएर फर्कने क्रममा उनीमाथि गोली प्रहार भएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।

    घर कमाउण्ड बाहिरबाट आफूलाई पेस्तोलबाट गोली प्रहार गरेर भागेको अध्यक्ष चौधरीले प्रहरीलाई जानकारी गराएका छन् । तर, कम्पाउन्ड बाहिरवाट हानेको गोलीबाट छलेकोले आफूलाई कुनै चोटपटक नलागेको उनले जनाएका छन् । 

    साथै, घटनास्थलबाट एक थान गोलीको खोका बरामद भएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी अधिकारीले जानकारी दिएका छन् ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend