२०८३, आश्विन २१ गते

images
  • स्थानीय
  • निजामती विधेयकः भित्र राज्य व्यवस्था समितिको...

निजामती विधेयकः भित्र राज्य व्यवस्था समितिको बैठक, बाहिर कर्मचारी ट्रेड युनियनको धर्ना

निजामती विधेयकः भित्र राज्य व्यवस्था समितिको बैठक, बाहिर कर्मचारी ट्रेड युनियनको धर्ना

शुक्रवार, बैशाख ५ २०८२१२:२७
शुक्रवार, बैशाख ५ २०८२१२:२७
  • images

    काठमाडौँ । निजामती विधेयकलाई टुंगो लगाउने गरी गठन भएको उपसमितिले बुझाएको प्रतिवेदनमाथि प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा छलफल सुरु भएको छ । 

    नेपाली कांग्रेसका सांसद एवं समितिका सदस्य दिलेन्द्रप्रसाद बडुको संयोजकत्वमा गठित उपसमितिले विधेयकलाई टुंगोमा पु¥याएर समितिलाई गत चैत २० मा प्रतिवेदन बुझाएको थियो ।

    प्रतिवेदनमाथिको छलफलका गर्न शुक्रवार बोलाइएको बैठकमा उपसमितिका संयोजक बडुले प्रतिवेदनबारेमा समितिका सभापति र सदस्यलाई जानकारी गराएका छन् ।

    समितिको बैठक कक्ष बाहिर कर्मचारीको धर्ना

    निजामती कर्मचारीहरूले सिंहदरबारस्थित राज्य व्यवस्था समिति बैठक कक्षको अगाडि धर्ना दिएका छन् । संयुक्त ट्रेड युनियनको नेतृत्वमा कर्मचारीहरूले राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्नुअघि धर्ना दिएका हुन् ।

    २०८१ चैतको अन्तिम दिन आन्दोलनको चेतावनी दिएका कर्मचारीहरुले बिहीबार मात्रै विरोधका कार्यक्रम घोषणा गरेका थिए । जसअन्तर्गत आज संघीय मामिलामन्त्री, कानूनमन्त्री र मुख्यसचिवलाई ज्ञापनपत्र बुझाउने कार्यक्रम थियो । ज्ञापनपत्र बुझाउनुअघि कर्मचारीहरूले धर्ना दिएका हुन् ।

    कर्चारीहरूले आगामी सोमबार सभामुखलाई तथा विभागीयले सचिव तथा जिल्ला कार्यसमितिले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाउने, यही वैशाख १० गते बुधबार आन्दोलन परिचालन समिति घोषणा गर्ने र १२ गते शुक्रबार संसद सचिवालय अगाडि भेला आयोजना गर्ने निर्णय गरेका छन् ।

    कर्मचारी संगठनहरुले यसअघि भएका सहमति, सम्झौता र अदालतले दिएको आदेशलाई समेत समेटेर तत्काल संघीय निजामती ऐन जारी गर्न माग गरेका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend