२०८३, आश्विन २२ गते

images

ब्याजदर नघटाएको भन्दै ट्रम्पको आक्रोशपछि अमेरिकी बजारमा गिरावट, डलर कमजोर

ब्याजदर नघटाएको भन्दै ट्रम्पको आक्रोशपछि अमेरिकी बजारमा गिरावट, डलर कमजोर

मंगलवार, बैशाख ९ २०८२१२:२१
मंगलवार, बैशाख ९ २०८२१२:२१
  • images

    काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केन्द्रीय बैंक (फेडरल रिजर्भ) का अध्यक्ष जेरोम पाउवेलमाथि ब्याजदर नघटाएको आरोप लगाउँदै सार्वजनिक आक्रोश पोखेपछि अमेरिकी शेयर बजारमा तीव्र गिरावट आएको छ भने डलरको मूल्य पनि घटेको छ।

    ट्रम्पले सामाजिक सञ्जालमार्फत पाउवेललाई ‘बिग लुजर’ भनेर टिप्पणी गरेपछि बजारमा अस्थिरता देखिएको हो। उनले फेड प्रमुखले आर्थिक गतिविधिमा हुने परिवर्तनहरूप्रति ढिलो प्रतिक्रिया दिने आरोपसमेत लगाएका छन्। “यदि मिस्टर धेरै ढिलोले ब्याजदर अहिले घटाएनन् भने अर्थतन्त्र सुस्ताउन सक्छ,” ट्रम्पले लेखेका छन्।

    ट्रम्पको टिप्पणीसँगै सोमबार एसएन्डपी ५०० सूचकांक झण्डै २।४ प्रतिशतले घट्यो भने डाउ जोन्स र नास्ड्याक सूचकांक पनि करिब २.५ % गिरावटमा देखिए। यसैबीच डलर इन्डेक्स २०२२ यताकै न्यूनतम बिन्दुमा पुगेको छ।

    अर्थतन्त्रमा अनिश्चितता बढेसँगै लगानीकर्ताहरू सुरक्षित सम्पत्तितर्फ मोडिएका छन्। यसको असरस्वरूप सुनको मूल्य ऐतिहासिक रूपमा उच्च हुँदै सोमबार प्रति औंस ३,४०० डलर पार गरेको छ। अमेरिकी सरकारी ऋणपत्रहरूमा ब्याजदर पनि वृद्धि भएको छ।

    ट्रम्पले पाउवेललाई आफ्नो पहिलो कार्यकालमा नियुक्त गरेका थिए। तर पछिल्ला दिनमा उनले पाउवेललाई बर्खास्त गर्नुपर्ने बताएका छन्। उनले पाउवेलले ट्रम्प प्रशासनका आयात करहरूका असरबारे चेतावनी दिएपछि थप आक्रोश व्यक्त गरेका हुन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend