२०८३, आश्विन २२ गते

images

एनएमबि बैंकमा सीईओ घिमिरेले सम्हाले कार्यभार

एनएमबि बैंकमा सीईओ घिमिरेले सम्हाले कार्यभार

बुधवार, बैशाख १० २०८२०३:३०
बुधवार, बैशाख १० २०८२०३:३०
  • images

    काठमाडौँ । एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मेवारी गोबिन्द घिमिरेले सम्हालेका छन् । 

    मंगलबारदेखि पूर्व सीईओ सुनिल केसीको कार्यकाल समाप्त भएपछि घिमिरेले नेतृत्व सम्हालेका हुन् । वित्तीय क्षेत्रको अनुभवमा दख्खल राख्ने घिमिरे यसअघि पनि बैंकको उच्च व्यवस्थापनमा संलग्न थिए। उनीसँग लामो समयको बैंकिङ अनुभव रहेको छ।

    सुनिल केसीको ८ वर्षे अवधि पूरा भएसँगै बैंकको नेतृत्वमा यो परिवर्तन गरिएको हो ।

    बैंक सञ्चालक समितिले फागुनमै १० वैशाखदेखि घिमिरेलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको थियो । यससँगै बैंकले सुदेश उपाध्यायलाई वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी प्रदान गरेको छ ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend