२०८३, आश्विन २२ गते

images

सर्वसाधारणलाई कुटपिट गर्ने चार ट्राफिक प्रहरी कारबाहीमा

सर्वसाधारणलाई कुटपिट गर्ने चार ट्राफिक प्रहरी कारबाहीमा

बिहिवार, बैशाख ११ २०८२१०:१४
बिहिवार, बैशाख ११ २०८२१०:१४
  • images

    काठमाडौं ।  काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले सर्वसाधारण व्यक्तिलाई कुटपिट गर्ने चारजना ट्राफिक प्रहरीलाई कारबाही गरेको छ । 

    ०८१ मंसिर २३ गते सुन्धाराको आकासे पुलमुनि जनसेवाबाट खटिएका ट्राफिकले सर्वसाधारण व्यक्तिलाई कुटपिट गरेका थिए । 

    कुटपिटको उक्त भिडियो भाइरल भएपछि ट्राफिक प्रहरी कार्यालयको ध्यानाकर्षण भएको हो । कुटपिटमा संलग्न चारजना ट्राफिक प्रहरीलाई जनसेवाको जिम्मेवारीबाट हटाइएको ट्राफिक प्रहरीका प्रवक्ता दीपक गिरीले जानकारी दिए । 

    विज्ञप्तिमा भनिएको छ, “प्रारम्भिक अनुसन्धान अनुसार उक्त घटना मिति २०८१ मंसिर २३ गते सुन्धारा आकासो पुलमुनिको भएको र उक्त कार्यमा संलग्न देखिएका चारजना ट्राफिक प्रहरीहरूलाई ट्राफिक प्रहरी वृत्त, जनसेवाको जिम्मेवारीबाट हटाई यस काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा झिकाई आवश्यक छानबिन तथा अनुसन्धान भइरहेको व्यहोरा जानकारी गराइन्छ ।”

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend