२०८३, आश्विन २२ गते

images

बालाजुमा महिलाले पेट्रोल छर्केर आफ्नै शरीरमा लगाइन् आगो

बालाजुमा महिलाले पेट्रोल छर्केर आफ्नै शरीरमा लगाइन् आगो

मंगलवार, बैशाख १६ २०८२०१:३९
मंगलवार, बैशाख १६ २०८२०१:३९
  • images

    काठमाडौं । काठमाडौंको बालाजुमा एक महिलाले आफैंलाई आगो लगाएकी छन् । काठमाडौं महानगरपालिका–१६ स्थित जागृत टोलमा बस्ने ४५ वर्षीय बिना श्रेष्ठले पेट्रोल छर्केर आफ्नै शरीरमा आगो लगाएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिल बोहराले जानकारी दिए ।

    श्रीमानसँग विवाद भएपछि गएराति १० बजेतिर शरीरमा आगो लगाएकी उनलाई परिवारको सदस्यहरूले नयाँ बजारस्थित पिपल्स अस्पताल लगेका थिए । चिकित्सकका अनुसार उनको पेट, छाती र बायाँ हातमा करिब २५ प्रतिशत जलन भएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend