२०८३, आश्विन २२ गते

images
  • प्रमुख समाचार
  • हृदयेन्द्रलाई प्रधानमन्त्रीको सुझाव– ‘कला क्षेत्रमा लागे...

हृदयेन्द्रलाई प्रधानमन्त्रीको सुझाव– ‘कला क्षेत्रमा लागे राम्रै हुन्छ, राजा हुने सपना देखे सपनामै जिन्दगी जाला’

हृदयेन्द्रलाई प्रधानमन्त्रीको सुझाव– ‘कला क्षेत्रमा लागे राम्रै हुन्छ, राजा हुने सपना देखे सपनामै जिन्दगी जाला’

बुधवार, बैशाख १७ २०८२०५:२९
बुधवार, बैशाख १७ २०८२०५:२९
  • images

    काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वयुवराज पारस शाहका छोरा हृदयेन्द्र शाहलाई कला क्षेत्रमा लाग्न सुझाव दिएका छन् । राष्ट्रिय जनसांस्कृतिक महासंघ नेपालको ९औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पूर्वनवयुवराज शाहलाई यस्तो सुझाव दिएका हुन् । 

    उनले राजा हुने सपना नदेख्न समेत चेतावनी दिए । केही दिनअघि अभिनेत्री सुरक्षा पन्तले एक टेलिभिजन अन्तर्वार्तामा पूर्वयुवराज शाहका छोरा हृदयेन्द्रलाई आकर्षक अनुहार भएको भन्दै फिल्म इन्डस्ट्रीमा आउन सुझाव दिएकी थिइन्  । पन्तको उक्त भनाइलाई लिएर उनको आलोचना भइरहेको छ । प्रधानमन्त्री ओलीले स्वतन्त्र रूपमा आफ्नो विचार राख्दैमा कलाकारमाथि सामाजिक सञ्जालमा आक्रमण हुनु दुःखद् भएको बताए । उनले समाजमा बढेको विकृति चिर्नको लागि कला क्षेत्रले महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने उनको भनाइ छ । 

    प्रधानमन्त्री ओलीले भने, ‘सुरक्षा पन्तजस्तो एउटा कलाकारले कति राम्रो भन्नुभएको छ हेर्नुस् त राम्रो अनुहार छ कला क्षेत्रमा आए हुन्छ । रिसाउनु र गाली गर्नुपर्ने के छ त्यसमा ? त्यति राम्रो भनेको छ । म पनि सुझाव दिन्छु, ती बाबु सिकेर कला क्षेत्रमा आए भने राम्रै हुन्छ । अब राजा हुने सपना देखे भने सपनै सपनामा जिन्दगी जान्छ । त्यसैले यो गलत बाटो केही मान्छे कराएर सही बाटो हुने होइन ।’ कलाकारलाई बहिस्कार गर्दा केही फरक नपर्ने भन्दै उनले आफ्नो काममा लागिरहन आग्रह गरे ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend