२०८३, आश्विन २१ गते

images
  • समाचार
  • कक्षा १२ को परीक्षामा मोबाइलमा प्रश्नपत्र...

कक्षा १२ को परीक्षामा मोबाइलमा प्रश्नपत्र लिक, थालियो अनुसन्धान

कक्षा १२ को परीक्षामा मोबाइलमा प्रश्नपत्र लिक, थालियो अनुसन्धान

आइतवार, बैशाख २१ २०८२०१:४८
आइतवार, बैशाख २१ २०८२०१:४८
  • images

    काठमाडौं । भक्तपुरको गुण्डुस्थित काठमाडौं वर्ल्ड स्कुलले कक्षा १२ को अंग्रेजी विषयको प्रश्नपत्र आउट गरेपछि जिल्ला प्रशासन कार्यालय र राष्ट्रिय परीक्षा बोर्डले छानबिन सुरु गरेको छ । जिल्ला प्रशासन कार्यालय र राष्ट्रिय परीक्षा बोर्डले काठमाडौं वर्ल्ड स्कुलको विद्यार्थीको परीक्षा केन्द्र चाणक्य कलेजमा गएर छानबिन गरिरहेको छ । 

    अहिले चाणक्य कलेजमा परीक्षा दिएका वर्ल्ड स्कुलका परीक्षार्थीको मोबाइल जफत गरेर अनुसन्धान थालिएको छ । आजको परीक्षा सकिएपनि काठमाडौं वर्ल्ड स्कुलका परीक्षार्थीलाई भने बाहिर निस्कन दिइएको छैन । 

    काठमाडौं वर्ल्ड स्कुलका विद्यार्थीले परीक्षा सुरु हुनुअघि नै प्रश्नपत्र पाएको सूचना पाएपछि भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालसहितको टोलीले अनुगमन गरेको थियो । अनुगमन टोलीले प्रहरी र राष्ट्रिय परीक्षा बोर्डको आईटी टोलीलाई राखेर छानबिन समिति बनाएको  छ । सो समितिले अहिले अनुसन्धान गरिरहेको छ ।

    आज आइतबार बिहानै कक्षा १२ को परीक्षा सुरु हुनुपूर्व नै काठमाडौं वर्ल्ड स्कुलका विद्यार्थीलाई प्रश्नपत्र आउट भएको सूचना फेसबुकबाट सार्वजनिक भएको थियो । एक छात्राले आफ्नो मोबाइलमा प्रश्नपत्र आएको भन्दै खुसी व्यक्त गरेपछि यो विषय सार्वजनिक भएको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend