२०८३, आश्विन २१ गते

images

सडक भासिँदा गाडी तीन दिनदेखि बेपत्ता

सडक भासिँदा गाडी तीन दिनदेखि बेपत्ता

आइतवार, बैशाख २१ २०८२०५:३३
आइतवार, बैशाख २१ २०८२०५:३३
  • images

    काठमाडौँ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १७ गैरीगाउँमा सडक भासिँदा जमिनमुनि पसेको गाडी तीन दिनसम्म पनि नभेटिएपछि खोजीका लागि भूगर्भविदको सहयोग लिइने भएको छ। शुक्रबार दिउँसो १ बजे हेटौंडा उपमहानगरपालिका-१७ गैरीगाउँमा रोकिराखेको अवस्थामा ना ४ ख ४८३३ नम्बरको गाडी जमिन मुनि पसेको थियो।

    आइतबार दिउँसोसम्म पनि खोजी गर्दा गाडी भेटिएन। गाडी खोजी कार्य स्थगित भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी श्यामु अर्यालले जानकारी दिए। ‘त्यस ठाउँलाई सुरक्षित रूपमा राखेका छौं। पानी जमेको थियो, निकाल्यौं। गाडी खोजियो तर भेटिएन,’ उनले भने।

    Hetauda no entry.jpg

    जेसिबी ल्याएर खन्दा थप क्षति हुनसक्ने भएकोले अहिलेलाई खोजी कार्य रोकिएको उनले बताए। हेटौंडा उपमहानगरपालिकाले आइतबार बैठक गरेर अब भूगर्भविदको सहयोग लिने निर्णय गरेको छ। उपमहानगरपालिकाकी प्रमुख मिनाकुमारी लामाका अनुसार सुरक्षा निकायका प्रमुखहरू र प्रमुख जिल्ला अधिकारीसमेत सँग बसेर छलफल गर्दा भूगर्भविदको सहयोग लिने कुरा भएको छ।

    ‘यसलाई वैज्ञानिक ढंगबाट हेर्नुपर्छ भनेर हामीले भूगर्भ विभागलाई पत्राचार गर्ने निर्णय गर्‍यौं। पहिले त्यहाँ गोरू हराएको भन्ने कुरा पनि आइरहेका छन् यकिन त हुनसकेन तर पनि त्यहाँको माटो, स्थान नै परीक्षण गर्नुपर्ने देखिन्छ,’ उनले भनिन्। भूगर्भ विभागलाई यसबारे महानगरले पत्र पठाइसकेको उनले बताइन्। अब भूगर्भ विभागले प्राविधिक ‍औजारसमेत ल्याएर अध्ययन गर्ने उनको भनाइ छ।

    ‘त्यहाँ दुई ठाउँमा ठूलो माछा पोखरी पनि छ। पहिले त्यहाँ दलदल पनि थियो भन्ने कुराहरू पनि आएको छ। अब त्यसको अध्ययन गर्न भनेर पत्र काटिसकेका छौं। भोलिसम्म आउनुहोला कि भन्ने छ,’ उनले भनिन्। अहिले उपमहानगरपालिकाले गाडी भासिएको ठाउँमा एउटा साइनबोर्ड लगाएको छ। ‘प्रवेश निषेध, जमिन भासिएर खतरा भएको छ’ लेखिएको बोर्ड राखेर त्यस ठाउँलाई सुरक्षित राखिएको उनले बताइन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend