काठमाडौं । धनकुटामा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन् । धनकुटा नगरपालिका-६, गोठगाउँमा बस दुर्घटना हुँदा स्थानीय ७३ वर्षीय कृष्ण कुमारी भुजेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।
धरानबाट भोजपुरतर्फ जाँदै गरेको को१ख २१ ७७ नम्बरको बस रोडबाट ५० मिटर तल कच्ची सडकमा पल्टिएको थियो । गम्भीर घाइतेलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरीले जनाएको छ भने सामान्य घाइते ९ जनाको धनकुटा जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
यी हुन् घाइते
१. भोजपुर षडानन्द नगरपालिका वडा नम्बर १३ बस्ने वर्ष अन्दाजि २० को सुर्यमणी तामाङ।
२. साेही ठाउँका अनमोल तामाङ।
३. सुनसरी बराहक्षेत्र नगरपालिका वडा नम्बर २ बस्ने वर्ष ४८ को कृष्ण राउत।
४.बस चालक-जिल्ला सुनसरी धरान उपमनपा १३ बस्ने वर्ष ५१ को रुद्र तामाङलाई जिल्ला अस्पताल धनकुटामा उपचार भई रहेको। सामन्य उपचार पश्चात बीपी कोइराला स्वास्थ्य प्रतिष्ठान धरान घोपा तर्फ पठाइएको छ।
५. भजपुर पौवादुम्बा गापा वडा नम्बर ३ च्याङ्रे बस्ने वर्ष ८० को गंगा प्रसाद सापकोटा विपि कोइराला स्वास्थ्य प्रतिष्ठान धरान घोपा तर्फ पठाइएको छ।
६. भोजपुर भोजपुर नपा ११ बस्ने वर्ष २४ की सविना बराइली।
७. भोजपुर नपा ११ बस्ने वर्ष ६० को देवी विक।
८. धनकुटा साँगुरीगढी गापा ६ बस्ने वर्ष ६० को हंश वहादुर राईकाे विपि कोइराला स्वास्थ्य प्रतिष्ठान धरान घोपा तर्फ पठाइएको छ।
९. भोजपुर षडानन्दा नपा ११ बस्ने वर्ष ५१ को पुर्ण माया तामाङ।
१०.जिल्ला सुनसरी इटहरी उपमनपा ४ बस्ने वर्ष १७ को आयुष राई।
११.धनकुटा नगरपालिक वडा नम्बर ६ बस्ने वर्ष ३४ को धन कुमार विक।
१२. भोजपुर नपा ११ बस्ने वर्ष ५८ को लिला बहादुर श्रेष्ठलाई विपि कोइराला स्वास्थ्य प्रतिष्ठान धरान घोपा तर्फ पठाइएको छ ।
१३. धनकुटा साँगुरीगढी गाँउपालिका वडा नम्बर ६ बस्ने वर्ष ६० की दिर्घ माया राई।

