२०८३, आश्विन २१ गते

images

दशैंदेखि नागढुंगा सुरुङमार्गको यात्राः बाइकलाई रोक, यस्तो छ अन्य सवारीको शूल्क

दशैंदेखि नागढुंगा सुरुङमार्गको यात्राः बाइकलाई रोक, यस्तो छ अन्य सवारीको शूल्क

बिहिवार, बैशाख २५ २०८२११:०८
बिहिवार, बैशाख २५ २०८२११:०८
  • images

    काठमाडौँ । सिस्नेखोला सुरुङमार्ग आगामी दशैँदेखि सञ्चालनमा ल्याउने तयारी भइरहेको छ । यो नेपालमा निर्माणाधीन पहिलो सडक सुरुङमार्ग हो, जसले काठमाडौं उपत्यकालाई धादिङतर्फको सिस्नेखोलासँग जोड्नेछ । सुरुङमार्गको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ, र आगामी दशैंदेखि पूर्ण रूपमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

    सडक विभाग मातहतको विकास सहायता कार्यान्वयन महाशाखाले सुरुङमार्ग सञ्चालन सम्बन्धी कार्यविधिको मस्यौदा तयार गरेको छ । उक्त मस्यौदा केही दिनमै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट पास गर्ने तयारी गरिरहेको मन्त्रालयका सहसचिव तथा विभागका प्रवक्ता अर्जुन अर्यालले बताए । 

    बाइकलाई रोक, ठूला गाडीको ५ सय शूल्क

    उक्त मस्यौदामा सुरुङमार्ग प्रवेश गर्ने सवारी साधनबाट शुल्क लिने समेत प्रस्ताव रहेको छ । महाशाखाका एक कर्मचारीका अनुसार सुरुङमार्ग प्रवेश गर्नुअघि साना चारपांग्रे सवारीदेखि १२–१४ चक्केसम्मका ठूला सवारी साधनले शुल्क बुझाउनु पर्नेछ । जसअनुसार साना सवारीको ५० रुपैयाँदेखि ५ सय रुपैयाँसम्म शुल्क समावेश गरिएको छ । 

    मोटरसाइकल तथा डिजेल पेट्रोल बोकेका प्रज्वलनशील गाडी भने सुरुङ मार्गमा प्रवेश गर्न पाउने छैनन् । मोटरसाइकल प्रवेश गर्नुप¥यो भने गाडीमा राखेर ओहारोदोहारो गर्न सक्ने छन् । ती कर्मचारीका अनुसार साना सवारीलाई प्रवेश गर्न ५० रूपैयाँ, बसलाई दुई सय रूपैयाँ र ठूलाठूला ट्रकलाई पाँच सय रूपैयाँसम्म उठाउन प्रस्ताव गरिएको छ । 

    यस्तै, सुरुङमार्गबाट प्रवेश गरेर सोही मार्गबाट फर्कन चाहने सवारी साधनलाई भने फरक फरक शुल्क लाग्ने गरी गरी प्रस्ताव गरिएको महाशाखाका कर्मचारीको भनाइ छ ।

    महाशाखाले तयार गरेको मस्यौदाको कार्यविधिमा सुरुङमार्गमा सवारी साधनलाई कुन मोडेलमा, कसरी र कुन विधिबाट सञ्चालन गर्ने भन्ने विषयमा विभिन्न शीर्षकमा व्याख्या गरिएको छ । सुरुङमार्ग सञ्चालनसम्बन्धी कार्यविधि बन्न ढिलो भइसकेको मन्त्रालयका एक उच्च कर्मचारीले बताए । सुरुङमार्ग नेपालकै पहिलो प्रयोग भएकाले यस सम्बन्धमा कानुन निर्माण गर्न ढिलो भएको उनको भनाइ छ ।

    विभागका अर्का एक कर्मचारीका अनुसार सुरुङमार्गमा सवारी साधन प्रवेश गरेबापत शुल्क कसले उठाउने भन्नेमा पनि अझै टुंगो लागिसकेको छैन । टेन्डरबाट निजी क्षेत्रलाई दिने गरी प्रस्ताव तयार गर्ने काम भइरहेको ती कर्मचारी बताए ।

    सुरुङ मार्ग प्रवेश गर्न सवारी साधानबाट शुल्क उठाएपछि सुरुङमार्गभित्र अक्सिजन, अग्नि नियन्त्रक, सुरक्षा, सञ्चार लगायतका सुविधा शुल्क उठाउने कम्पनी (संस्था÷निकाय) ले नै उपलब्ध गराउने छ । 

    २०७६ सालबाट निर्माण सुरु गरिएको सुरुङ मार्ग परियोजनाको म्याद अहिलेसम्म दुई पटक थप भइसकेको छ । सुरुङमार्गको निर्माण जापानी ठेकेदार कम्पनी हाजमा–आन्दो जेभीले गरिरहेको छ । जसमा १६ अर्ब रूपैयाँ जाइकाको सहुलियतपूर्ण ऋण छ भने मुआब्जालगायतमा नेपाल सरकारले थप नौ अर्ब खर्च गरेको छ ।

    आयोजनाका अनुसार सुरुङमार्ग निर्माण सञ्चालनका लागि अहिलेसम्म अन्डरपास, बक्स कल्भर्ट र ओभरपास बनाउने काम पूरा भइसकेको छ । सुरुङ मार्ग प्रवेश गर्ने तीन वटा पुल बनिसकेका छन् । फ्लाइओभर (ओभरपास) को काम पनि लगभग सकिएको आयोजनाको भनाइ छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend