काठमाडौँ । ललितपुर महानगर र संखुवासभा जिल्लाको चैनपुर नगरपालिकाबीच भगिनी सम्बन्ध कायम भएको छ ।
आफ्नो प्रतिनिधिमण्डलसहित चैनपुर पुगेका ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जन र चैनपुर नगरपालिकाका प्रमुख कृष्णकुमार तामाङले भगिनी सम्बन्ध कायम गर्ने समझदारी पत्रमा हस्ताक्षर गरे । महानगर प्रमुख महर्जनको नेतृत्वमा प्रवक्ता एवम वडा नं।९का अध्यक्ष राजु महर्जन, वडा नं।१का अध्यक्ष निर्मल तण्डुकार, महानगरका वरिष्ठ अधिकृत सागर थापा, वडा नं।११ का वडा सदस्य जुबन तण्डुकार, वडा नं।१८ सदस्य रुक्मिणी महर्जन चैनपुर पुगेका छन् ।
संखुवासभा जिल्लाको दक्षिण क्षेत्रमा अवस्थित प्राचीन , ऐतिहासिक प्राकृतिक सुन्दरले भरिपूर्ण केन्द्रको रुपमा चैनपुर नगरपालिका रहेको छ ।
११ वटा वडामा विभाजित कोशी प्रदेशमा अवस्थित चैनपुर नगरपालिकामा २०६८ को राष्ट्रिय जनगणना बमोजिम २८ हजार ७४ जनसंख्या रहेको छ । भगिनी सम्बन्धपछि दुबै पालिकाका असल अभ्यासहरु आदान प्रदान गर्न सहज हुने बताउँदै ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले भगिनी सम्बध अत्यन्तै महत्वपूर्ण भएको बताउँदै मितेरी सम्बधले दुःख सुख साटासाट गर्ने बताए ।
उनले भने, ‘अब हामी एकैपरिवारको भयौं। ललितपुर र चैनपुर दूरीको हिसाबले टाढा भएपनि आत्मिय भयौं, मन मिल्यो।ु अन्य सहरहरु सँग भगिनी सम्बध कायम गरेको बताउँदै भगिनी सम्बन्ध कायम भएका पालिकाहरूलाई योजना दिएको उनले बताए। उनले भने ू कला, संस्कृति, सम्पदा, वातावरण झल्कने योजनालाई प्राथमिकता दिनुपर्छ। ू चैनपुरको विकासको लागि ललितपुर महनगर, पाटन पनि तयार रहेको बताए । त्यसैगरी उनले हरियाली संरक्षणको बारेमा थप सिक्नुपर्ने बताए। उनले भने, ू चैनपुर, स्वर्गको टुक्रा जस्तै लाग्यो।’
चैनपुर नगरपालिकाका प्रमुख कृष्णकुमार तामाङले महानगर प्रमुख आफ्नो प्रतिनिधि मण्डलसहित भगिनी सम्बन्ध कायम गर्नका लागि चैनपुर आउनु भएकोमा खुशी व्यक्त गरे । राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याति कमाएको ललितपुर महानगरबाट चैनपुरले धेरै कुरा सिक्न सक्ने उनको भनाई थियो । चैनपुर नगरपालिकाका उपप्रमुख एलिना श्रेष्ठले भगिनी सम्बन्धले चैनपुरको विकासलाई थप उचाइ दिने बताइन्।
त्यसैगरी कार्यक्रममा खाँदवारी नगरपालिका प्रमुख( महेश थपलियाले नेपालकै समृद्ध नगरपालिका ललितपुर महानगरसँग भगिनी सम्बन्ध कायम गर्नु चैनपुरबासीको मात्रै नभई संखुवासभाकै लागि गौरवको विषय भएको बताए ।
कोशी प्रदेश आर्थिक मामिला मन्त्रालयका पूर्वमन्त्री तुलसी न्यौपानेले यो भगिनी सम्बन्ध जीवन्त रहोस् भन्दै शुभकामना दिए।
संखुवा सभाका पूर्व सङ्घीय सांसद राजेन्द्र गौतमले ललितपुर महानगर र चैनपुर नगरपालिका बीचको भगिनी सम्बन्ध ऐतिहासिक भएको बताए।

