२०८३, आश्विन २१ गते

images

ललितपुर महानगरमा शुक्रबार सार्वजनिक बिदा

ललितपुर महानगरमा शुक्रबार सार्वजनिक बिदा

बिहिवार, बैशाख २५ २०८२०५:२७
बिहिवार, बैशाख २५ २०८२०५:२७
  • images

    काठमाडौँ । ललितपुर महानगरपालिकाले शुक्रबार सार्वजनिक बिदा दिएको छ । महानगरपालिकाले भोलि आफनो नगरक्षेत्रभित्र सार्वजनिक बिदा दिएको हो ।

    रातो मच्छिन्द्रनाथको रथजात्राको रथ तान्ने क्रममा लगनखेलमा हुने नरिवल खसाल्ने शुभ मुहूर्त परेकाले सार्वजनिक बिदा दिइएको महानगरले जनाएको छ ।

    आज जारी गरेको एक सूचनामा भनिएको छ, ‘महानगरपालिकाको नगरकार्यपालिकाको १८ गतेको बैठकबाट महानगरपालिकामा मनाइने नेपालकै लामो र ऐतिहासिक रातो मच्छिन्द्रनाथको रथजात्राको रथ तान्ने क्रममा लगनखेलमा हुने नरिवल खसाल्ने शुभ मुहूर्तमा नगरवासीको उल्लेख्य उपस्थिति र परम्परा देखिने धार्मिक महत्वको दिन भएकोले ललितपुर महानगरपालिका र मातहतका कार्यालयहरुमा स्थानीय विदा दिने निर्णय भए बमोजिम मिति २०८२-०१-२६ गते तदनुसार ने.सं. ११४५ बछलाथ्व द्वादशीका दिन नरिवल खसाल्ने शुभ मुहूर्त परेकाले सो दिन ललितपुर महानगरपालिका र मातहतका कार्यालयहरुमा स्थानीय विदा हुने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।’

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend