२०८३, आश्विन २१ गते

images
  • स्थानीय
  • ललितपुर महानगर र चैनपुर नगरपालिकाबीच भगिनी...

ललितपुर महानगर र चैनपुर नगरपालिकाबीच भगिनी सम्बन्ध

ललितपुर महानगर र चैनपुर नगरपालिकाबीच भगिनी सम्बन्ध

बिहिवार, बैशाख २५ २०८२०७:५२
बिहिवार, बैशाख २५ २०८२०७:५२
  • images

    काठमाडौं । ललितपुर महानगर र संखुवासभा जिल्लाको चैनपुर नगरपालिकाबीच भगिनी सम्बन्ध कायम भएको छ । आफ्नो प्रतिनिधिमण्डलसहित चैनपुर पुगेका ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जन र चैनपुर नगरपालिकाका प्रमुख कृष्णकुमार तामाङले भगिनी सम्बन्ध कायम गर्ने समझदारी पत्रमा हस्ताक्षर गरे ।

    संखुवासभा जिल्लाको दक्षिण क्षेत्रमा अवस्थित प्राचीन , ऐतिहासिक  प्राकृतिक सुन्दरले भरिपूर्ण  केन्द्रको रुपमा चैनपुर नगरपालिका रहेको छ । ११ वटा वडामा विभाजित कोशी प्रदेशमा अवस्थित चैनपुर नगरपालिकामा २०६८ को राष्ट्रिय जनगणना बमोजिम २८ हजार ७४ जनसंख्या रहेको छ ।  भगिनी सम्बन्धपछि दुबै पालिकाका असल अभ्यासहरु आदान प्रदान गर्न सहज हुने बताउँदै ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले भगिनी सम्बध अत्यन्तै महत्वपूर्ण भएको बताउँदै मितेरी सम्बधले दु:ख सुख साटासाट गर्ने बताए ।

    चैनपुर नगरपालिकाका प्रमुख कृष्णकुमार तामाङले महानगर प्रमुख आफ्नो प्रतिनिधि मण्डलसहित भगिनी सम्बन्ध कायम गर्नका लागि चैनपुर आएकोमा खुशी व्यक्त गरे । राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याति कमाएको ललितपुर महानगरबाट चैनपुरले धेरै कुरा सिक्न सक्ने उनको भनाई थियो  । चैनपुर  नगरपालिकाका उपप्रमुख एलिना श्रेष्ठले भगिनी सम्बन्धले चैनपुरको विकासलाई थप उचाइ दिने बताइन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend