काठमाडौँ । नेपालमा केईको आधिकारिक बिक्रेता लक्ष्मी इमोबिलिटी र जीओ अटोमोबाइलले संयुक्त रूपमा आयोजना गरेको एक्सचेन्ज कार्निभलको समय थपिएको छ । यसअघि बैशाख २६ गतेदेखि २८ गतेसम्म एक्सचेन्जकाे समय भनिएकाेमा साेमबारसम्मका लागि थपिएकाे हाे ।
कम्पनीले उक्त एक्सचेन्ज कार्निभलमा ग्राहकको उल्लेखनीय सहभागिता रहेको भन्दै समय थप गरिएको जनाएको हो ।काठमाडौंको थापाथलीस्थित केई सोरुम छेउ (हुण्डाई सोरुमको विपरित) मा सञ्चालन भइरहेको उक्त कार्निभल हरेक दिन बिहान १० बजेदेखि बेलुका ७ बजेसम्म सञ्चालन हुनेछ।
केई नेपालले आयोजना गरेको यो एक्सचेन्ज कार्निभलमा जुनसुकै ब्राण्डका पुराना गाडीहरू नयाँ केई इलेक्ट्रिक गाडीमा साट्न सकिने व्यवस्था छ। साटासाटका लागि आएका प्रत्येक ग्राहकले स्थानमै विज्ञद्वारा मूल्याङ्कन सेवा पाउने छन्, साथै त्यसैबेला क्यूएफएक्स सिनेमा हेर्न दुई जनाका लागि निःशुल्क टिकटसमेत दिइने कम्पनीले जानकारी दिएको छ।
यस अवसरमा ग्राहकले नगद छुट, एक्सचेन्ज बोनस, बीमा तथा रोड ट्याक्स कवरेज लगायतका आकर्षक अफरहरू पाउने छन्।
४३ लाख ९६ हजार रुपैयाँदेखि सुरु हुने उक्त क्याम्पमा ६ लाख ५ हजार रुपैयाँसम्मको फाइदा लिन सकिने कम्पनीको दाबी छ। कार्यक्रममा विभिन्न रमाइला खेल, संगीत, परिकार स्टल, च्ऋ कार रेसिङ,खेल क्षेत्र, ३६० डिग्री सेल्फी बुथ, स्पिड क्याचर गेम लगायतका गतिविधिहरू पनि आयोजना गरिएको छ।
केई नेपालले सम्पूर्ण ईभी उत्साही, परिवार तथा सवारीधनीहरूलाई कार्निभलमा सहभागी हुन आमन्त्रण गरेको छ।

