२०८३, आश्विन २१ गते

images
  • स्थानीय
  • जडीबुटीदेखि पेप्सीकोलासम्म सडक किनाराका संरचना हटाउन...

जडीबुटीदेखि पेप्सीकोलासम्म सडक किनाराका संरचना हटाउन ३५ दिने सूचना

जडीबुटीदेखि पेप्सीकोलासम्म सडक किनाराका संरचना हटाउन ३५ दिने सूचना

सीएनएन खबर
सोमवार, बैशाख २९ २०८२१२:३२
सीएनएन खबर
सोमवार, बैशाख २९ २०८२१२:३२
  • images

    काठमाडौँ । जडीबुटी चोकदेखि पेप्सीकोला चोकसम्म सडकको सीमामा रहेका संरचना हटाउन ३५ दिने सूचना जारी गरेको छ । 

    भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग र काठमाडौं महानगरपालिकाले सोमबार एक सूचना जारी गर्दै उक्त खण्डका संरचना हटाउन निर्देशन दिएको हो ।

    उक्त खण्डको सडकको केन्द्र रेखाबाट दायाँबायाँ दुवैतर्फ १५÷१५ मिटर सडकको सीमा रहेकाले ३५ दिनभित्र सम्बन्धित व्यक्तिबाटै ती स्थानमा परेका संरचना हटाउन ती निकायले भनेका हुन्। 

    यो खण्डमा उक्त निकायहरुले यही वैशाख १० गते सडक सीमा सीमांकन गरी चिनो लगाएका थिए। यस क्षेत्रका अनधिकृत संरचना ३५ दिनभित्र नहटाए सार्वजनिक सडक ऐन २०३१, स्थानीय सरकार सञ्चालन ऐन २०७४ र प्रचलित भवन निर्माणसम्बन्धी मापदण्ड तथा कार्यविधिअनुसार कारबाही गरिने जनाइएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend