२०८३, आश्विन २१ गते

images
  • अटो
  • एक वर्षको सफल परीक्षणपछि TUNLAND G7...

एक वर्षको सफल परीक्षणपछि TUNLAND G7 नेपाली बजारमा सार्वजनिक हुँदै

एक वर्षको सफल परीक्षणपछि TUNLAND G7 नेपाली बजारमा सार्वजनिक हुँदै

सीएनएन खबर
सोमवार, बैशाख २९ २०८२०२:५५
सीएनएन खबर
सोमवार, बैशाख २९ २०८२०२:५५
  • images

    काठमाडौं । नेपाली सडकमा एक वर्षसम्म सफल परीक्षणपछि, अन्तर्राष्ट्रिय स्तरको पिकअप गाडी TUNLAND G7 अब नेपाली बजारमा सार्वजनिक हुने तयारीमा छ। नेपालका जटिल भौगोलिक र सडक अवस्थालाई ध्यानमा राखेर विशेष परीक्षण, अनुसन्धान र विकास गरिएको यो गाडीले आफ्नो दक्षता प्रमाणित गरिसकेको छ।

    एमएडब्लू वृद्धिले नेपाली ग्राहकका लागि यो बहुप्रतीक्षित मोडेल ल्याउन लागेको हो। कम्पनीका अनुसार, TUNLAND G7 ले कठिन भूभाग र विविध मौसम अवस्थाहरूमा उत्कृष्ट प्रदर्शन गर्ने क्षमता राख्दछ।


    १६० हर्सपावरको शक्तिशाली इन्जिन र ३९० एनएम टर्कले यस गाडीलाई उच्च प्रदर्शन क्षमतासहित प्रस्तुत गरेको छ। २२५ मिमि ग्राउन्ड क्लियरेन्सका कारण यो उकालो, ओरालो तथा उबडखाबड सडकहरूमा सहजै संचालन गर्न सकिन्छ। सुरक्षाका दृष्टिले, गाडीमा हिल होल्ड कन्ट्रोल र हिल डिसेन्ट कन्ट्रोल जस्ता सुविधा समावेश गरिएको छ, जसले चालकलाई चुनौतीपूर्ण सडकमा सजिलै गाडी चलाउन सहयोग पुर्‍याउँछ। साथै, पुस-स्टार्ट इन्जिनले नयाँ प्रयोगकर्ताका लागि थप सहजता ल्याउँछ।

    अत्याधुनिक सुविधाले भरिपूर्ण यो गाडीमा १२।३ इन्चको इनफिनिटी टचस्क्रिन र पानोरामिक सनरुफ जडान गरिएको छ, जसले यात्राको अनुभवलाई प्रिमियम बनाउँछ। सिटहरूमा हिटेड र भेन्टिलेटेड प्रणाली छ, जुन १२ तरिकाले इलेक्ट्रिक रूपमा एडजस्ट गर्न सकिन्छ। साथै, अटोमेटिक एयर कन्डिसनिङले मौसमअनुसार भित्री तापक्रम सन्तुलित राख्छ।


    एकैसाथ शक्ति, सुरक्षा र लक्जरीको अद्वितीय संयोजन हो। एमएडब्लू वृद्धि यो मोडेलले नेपाली पिकअप गाडी बजारमा नयाँ मापदण्ड स्थापित गर्नेमा पूर्ण विश्वस्त छ। कम्पनीले नेपाली ग्राहकलाई यो नयाँ अनुभव लिन हार्दिक आमन्त्रण गरेको छ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend