२०८३, आश्विन २१ गते

images

सत्यमोहन जोशीको अर्धकदको शालिक अनावरण

सत्यमोहन जोशीको अर्धकदको शालिक अनावरण

सीएनएन खबर
मंगलवार, बैशाख ३० २०८२१०:३४
सीएनएन खबर
मंगलवार, बैशाख ३० २०८२१०:३४
  • images

    काठमाडौँ । स्वर्गीय वाङ्मय शताब्दी पुरूष सत्यमोहन जोशीको अर्धकदको शालिक अनावरण भएको छ। मंगलबार बिहान ललितपुर महानगरपालिका प्राङ्गणमा जोशीको अर्धकदको शालिक अनावरण गरिएको हो।

    महानगरपालिकाले निर्माण गरेको शालिक जोशीको १ सय ६ औं जन्म जयन्तीको अवसरमा महानगर प्रमुख चिरीबाबु महर्जनले अनावरण गरेका हुन्।

    २०७९ असोज ३० गते शताब्दी पुरूष सत्यमोहन जोशीको १ सय ३ वर्षको उमेरमा निधन भएको थियो।

    उनको ‘इच्छा अनुसार’ तथा ‘परिवारका सदस्यहरूको अनुमतिमा’ जोशीको शरीरलाई किस्ट मेडिकल कलेजलाई दान गरिएको थियो।

    कार्यक्रममा बोल्दै महानगर प्रमुख महर्जनले महानगरबाट गर्न मिल्ने र सक्ने कार्यक्रमअन्तर्गत शालिक निर्माण गरिएको बताए।

    झनाख्य पार्कमा अब कुनै पनि शालिक नबनाउने उनले बताए। झनाख्य पार्कमा ४ वटा शालिक निर्माण भइसकेकाले पाँच वटा नबनाउने उनले बताए।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend