काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्कामाथि सेटिङ मिलाएको आरोप लाग्न थालेको छ । आफैले हटाउँन निर्देशन दिएको नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनीका रुपमा रहेको दुधकोसी जलविद्युत कम्पनीका सीईओ विमल गुरुङलाई हालसम्म नहटाएको भन्दै उनको आलोचना हुन थालेको हो ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिसङ हुँदै हटाउन दिएको निर्देशन आहिलेसम्म कार्यान्वयन नहुँदा मन्त्रीसँगै सेटिङ मिलेको चर्चा सुरु भएको हो । सरकारले घिसिङलाई बर्खास्ती गरेर हितेन्द्रदेव शाक्यलाई कार्यकारी निर्देशकका रुपमा नियुक्त गरेको लामो समय भैसकेको छ ।
आफूले भनेकै मान्छेलाई कार्यकारीको जिम्मा दिएपनि अहिलेसम्म गुरुङलाई दुधकोसीबाट फिर्ता ल्याउन नसकेको भन्दै गुरु भट्टराईले सेटिङ मिलाएको आरोप लगाएका हुन् ।
नेपाल रेलवे कम्पनी लिमिटेडका पूर्व महाप्रबन्धक समेत गरेका भट्टराईले शनिबार साँझ सामाजिक सञ्जाल (फेसबुक)मा मन्त्रीसँग दुधकोसी जलविद्युत कम्पनीका सीईओ विमल गुरुङले सेटिङ मिलाएको बताएका थिए ।
‘माननिय मन्त्री दिपक खड्का, लामो संघर्ष गरेर नौटंकी कुलमानलाइ तह लाउनु भो । तपाइ पदमा आउनु भन्दा केही बर्ष अघिदेखी कुलमानले प्राधिकरण डुबाउँदैछ भनेका हौं । अन्तत तपाइ आएपछी उसको नक्कली काम छताछुल्ल भो । धन्यबाद भन्छु । तर त्यही स्तरमा कुरागर्ने, अपर तामाकोशी ३६ अर्बबाट ८५ अर्ब पुर्याउने र कुलमानको ताबेदारीमा सबैलाइ सराप्ने बिमल गुरुङलाइ अझै दुधकोशी आयोजनामा किन राख्नु भएको छ ? कारण केही छ ? बाहिर हल्ला छ, उसले तपाइसँग सेटिङ गरेको छ भनेर । यो के हो ? तपाइ पनि बिद्युत ब्यबसायी हो, पुरानो ऋण त छैन ? हैन भने जवाफ चाहिन्छ । यहाँ दिनु पर्दैन, संसदमै भने पनि हुन्छ’, उनले सेटिङको आशंका गर्दै प्रश्न गर्दै भनेका छन् ।
उनले सामाजिक सञ्जालमा व्यक्त गरे जस्तै दुधकोसीका सीईओ विमल गुरुङले मन्त्रीसँग सेटिङ मिलाइसकेको हल्ला कम्पनी, प्राधिकरण हुँदै मन्त्रालयसम्म पुगेको छ । पहिला जे भयो भयो अब मेरो सबै कुरा मिलिसक्यो भन्दै उनले आफू निकटका कर्मचारीसँग भन्ने गरेको उनीहरु बताउँछन् ।
केही समयअघि विभागीयमन्त्रीदेखि प्रधानमन्त्रीसम्मलाई गालीगलौच गर्ने गुरुङ एकाएक नरम भएर कुरा मिलिसक्यो भन्नु र गुरु भट्टराईले सामाजिक सञ्जालमै उक्त कुरा लेख्नुले पक्कै पनि स्वार्थ बाझिएको भान भएको छ ।
मन्त्रीसँग कुरा मिलिसक्यो, गुरुङ
केही समयअघि सीएनएन खबरकर्मीसँग भएको कुराकानीमा समेत गुरुङले मन्त्रीसँग आफ्नो कुरा मिलिसकेको बताएका थिए । मन्त्रीले हटाउन निर्देशक दिएको चुरो कुरो के हो भन्ने सिएनएन खबरको प्रश्नमा उनले आफ्नो मन्त्रीसँग कुरा मिलिसकेको बताउँदै अब कुनै समस्या नहुने बताएका थिए ।
‘मलाई तत्काल हटाउन निर्देशक दिएको कुरा सार्वजनिक भएको केही दिनपछि मन्त्रीज्यूले मलाइ भेट्न बोलाउनु भएको थियो । उहाँको खबर अनुसार अब गाली खाइने भयो भनेर डराउँदै मन्त्रालय पुगेको थिए । म पुगेपछि उहाँले कुनै गाली गर्नुभएन । पहिला जे भयो त्यसलाई बिर्सनुस्, तपाइँ योग्य मान्छे हो । आफ्नो जिम्मेवारी अनुसार काम गर्नुस् मन्त्रालयको तर्फबाट अब कुनै अबरोध हुँदैन भनेर मलाइ भन्नुभयो’, सीएनएन खबरकर्मीसँग उनले भनेका थिए ।
मन्त्रालयमा प्रवेश निषेध
गुरुङले आफूले मन्त्रीसँग कुरा मिलाइसकेको बताइरहँदा उनलाई मन्त्रालय प्रवेशमै निषेध गरिएको पाइएको छ । केही दिनअघि मात्रै एडिबीका प्रतिनिधिसँग भएको छलफलमा समेत उनलाई रोकेको पाइएको हो ।
उर्जा सचिव सुरेश आचार्यले गुरुङलाई आफ्नो क्याविन प्रवेशमै रोक लगाएको बताए । ‘कर्मचारीको आचरण विपरित काम गर्ने कर्मचारीको म सँग कुनै काम हुादैन् । मैले उहाँलाई भित्र पस्न नदिनुस् भनेर कर्मचारीलाई भनेको छु । एडीबीको बैठकका लागि उहाँ आउनुभएको थियो, मैले उहाँलाई नराखि बैठक बसे’, उनले भने ।
उनले आफूले तत्काल नैतिक आचरण नभएको कर्मचारीलाई दुधकोशीको सीईओको जिम्मेवारीबाट हटाउनुस् भनेर निर्देशन दिएको बताए । ‘मैले पहिलै हटाउनु भनेको थिए । तयारी हुँदैछ भनेर मलाइ रिपोटिङ भएको थियो, तर अहिलेसम्म हटाइएको छैन्, यसको पछाडी केही होला’, उनले शंका गर्दै भने ।
प्राधिकरणको सहायक कम्पनीमा भएका अनियमितताको विषयमा सीएनएन खबरले निरन्तर खोजि गरिरहेको छ ।
सम्बन्धीत समाचार
प्राधिकरणका सहायक कम्पनीमा अन्धाधुन्ध निर्णयः घिसिङ नेतृत्वको ८ वर्षे कार्यकालको छानबिन सुरु
कर नतिरी भुक्तानी गर्ने कन्सल्टेन्टको अफिसमा दुधकोसीका सीईओको रजगज
दुधकोसीमा अकर्मण्य नेतृत्व, ट्याक्स क्लियरेन्सबीनै विदेशी कन्सल्टेन्टलाई करोडौँ भुक्तानी
सरकार र दातृ निकायबीचको सम्बन्ध बिगार्दै दुधकोसी आयोजनाका सीईओ गुरुङ
प्राधिकरणलाई नाफा मात्रै देखाउँछन् कुलमानः सरकारलाई न कर न ऋण भुक्तानी

