२०८३, आश्विन १९ गते

images
  • विशेष
  • प्राधिकरणका सहायक कम्पनीमा अन्धाधुन्ध निर्णयः घिसिङ...

प्राधिकरणका सहायक कम्पनीमा अन्धाधुन्ध निर्णयः घिसिङ नेतृत्वको ८ वर्षे कार्यकालको छानबिन सुरु

प्राधिकरणका सहायक कम्पनीमा अन्धाधुन्ध निर्णयः घिसिङ नेतृत्वको ८ वर्षे कार्यकालको छानबिन सुरु

सीएनएन खबर
शुक्रवार, जेठ २ २०८२०२:४१
सीएनएन खबर
शुक्रवार, जेठ २ २०८२०२:४१
  • images

    काठमाडौँ । नेपाल विद्युत प्राधिकरण अन्तर्गत सञ्चालित सहायक कम्पनीहरूमा वेथिति र अनियमितता बढ्दै गएपछि त्यसको अध्ययन गर्न प्राधिकरण सञ्चालक समितिले तीन सदस्यीय समिति गठन गरेको छ ।

    मंगलबार बसेको सञ्चालक समितिको बैठकले डा बलवहादुर पराजुलीको नेतृत्वमा ३ सदस्यीय समिति गठन गरेको हो । जसमा उर्जा मन्त्रालयका सहसचिव गोकर्ण पन्त र प्राधिकरणका उपकार्यकारी निर्देशक नवराज ओझा सदस्य रहेका छन् । 

    बोर्ड बैठकले सहायक कम्पनीहरूको समग्र कार्यसम्पादन, वित्तीय अनुशासन, प्रशासनिक सञ्चालन तथा नियमन प्रणालीमा देखिएका गम्भीर त्रुटिहरूको मूल्यांकन गर्न उक्त समिति गठन गर्ने निर्णय गरेको हो । समितिलाई १ महिनाभित्र अध्ययन प्रतिवेदन पेश गर्ने समय दिईएको छ । 

    प्राधिकरण अन्तर्गत रहेका सहायक कम्पनीहरूमा आर्थिक अपारदर्शिता, कर्मचारी नियुक्तिमा पक्षपात, ठेक्कापट्टामा अनियमितता, र व्यवस्थापनको कमजोरीलगायतका गुनासाहरू निरन्तर रूपमा उठ्दै आएका छन् । जसले गर्दा प्राधिकरणको छवि र दक्षतामा नकारात्मक प्रभाव परेको भन्दै गम्भीर ध्यानाकर्षण भएको प्राधिकरण स्रोतले जनाएको छ ।

    समितिले आवश्यक परे सम्बन्धित निकायसँग परामर्श गर्ने, तथ्यांक संकलन गर्ने र सुधारका लागि सिफारिस पनि गर्नेछ ।

    कुलमान घिसिङले कार्यभार सम्हालेको झन्डै ८ वर्षको अवधिमा प्राधिकरणसँगै सहायक कम्पनीमा अनियमितता र वेथितिका बुथ्रिएर बसेका छन् । सहायक कम्पनीको वर्तमान अवस्थाको बारेमा अध्ययन गरेर प्रतिवेदन बुझाउने गरी उक्त समिति गठन गरिएको प्राधिकरणले जनाएको छ । 

    प्राधिकरणका सञ्चालक समितिका सदस्य पराजुलीले बोर्डको निर्णय अनुसार सहायक कम्पनीसँग आवश्यक कागजपत्र माग्ने काम सुरु भएको बताए । ‘बोर्डको निर्णय अनुसार हामीले १८ वटा कम्पनीसँग पछिल्लो अवस्थाका बारेमा जानकारी माग्ने काम सुरु गरेका छाैँ । सबै कम्पनीबाट उपलब्ध भएका कागजपत्रका आधारमा हामीले हाम्रो जिम्मा अनुसारको प्रतिवेदन बुझाउँछाैँ’, उनले भने । 

    उनले सहायक कम्पनीको समग्र अवस्थाको बारेमा जानकारीका लागि उक्त समिति गठन गरिएको बताए । 

    उनले समग्र अवस्थाको बारेमा जानकारीका लागि समिति गठन गरिएको बताएपनि घिसिङका कार्यकालमा भएका अनियमितता नै मुख्य कारक भएको पाइएको छ । घिसिङले सहायक कम्पनीमा आफू मातहतका कर्मचारीलाई कार्यकारी प्रमुख वा प्रबन्ध सञ्चालकका रुपमा नियुक्त गर्ने गरेका थिए । 

    उनले कर्मचारी विनियमावली विपरित सहायक कम्पनीमा ९ तहका कर्मचारीलाई जिम्मेवारी दिने, आफै स्वघोषित रुपमा अध्यक्ष बन्ने र स्वार्थ बाँझिने खाँलका निर्णयहरु गर्दै आएका थिए । 

    उनैले नियुक्त गरेका कर्मचारीले सहायक कम्पनीमा परामर्शका नाममा विदेशी कम्पनीलाई आवश्यक कागजपत्र बिनै करोडौँ रकम भुक्तानी समेत गर्दै आएको छन् । यसको विषयमा सीएनएन खबरले नियमित रुपमा समाचार सम्प्रषण गर्दै आएको छ ।

    कर नतिरी भुक्तानी गर्ने कन्सल्टेन्टको अफिसमा दुधकोसीका सीईओको रजगज कर नतिरी भुक्तानी गर्ने कन्सल्टेन्टको अफिसमा दुधकोसीका सीईओको रजगज

    दुधकोसीमा अकर्मण्य नेतृत्व, ट्याक्स क्लियरेन्सबीनै विदेशी कन्सल्टेन्टलाई करोडौँ भुक्तानी दुधकोसीमा अकर्मण्य नेतृत्व, ट्याक्स क्लियरेन्सबीनै विदेशी कन्सल्टेन्टलाई करोडौँ भुक्तानी

    सरकार र दातृ निकायबीचको सम्बन्ध बिगार्दै दुधकोसी आयोजनाका सीईओ गुरुङ सरकार र दातृ निकायबीचको सम्बन्ध बिगार्दै दुधकोसी आयोजनाका सीईओ गुरुङ

    प्राधिकरणलाई नाफा मात्रै देखाउँछन् कुलमानः सरकारलाई न कर न ऋण भुक्तानी प्राधिकरणलाई नाफा मात्रै देखाउँछन् कुलमानः सरकारलाई न कर न ऋण भुक्तानी

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend