२०८३, मंसिर ७ गते

  • समाचार
  • सर्वोच्चमा चार न्यायाधीश रिक्त, पदपूर्तिबारे छलफल...

सर्वोच्चमा चार न्यायाधीश रिक्त, पदपूर्तिबारे छलफल गर्न परिषद् बैठक बस्दै

सर्वोच्चमा चार न्यायाधीश रिक्त, पदपूर्तिबारे छलफल गर्न परिषद् बैठक बस्दै

images
सोमवार, आश्विन १९ २०८३११:५३
सोमवार, आश्विन १९ २०८३११:५३
  • images

    काठमाडैँ । न्याय परिषद्को बैठक आह्वान गरिएको छ । परिषद् अध्यक्ष तथा प्रधानन्यायाधीश मनोजकुमार केसीले मंगलबार दिउँसो १ बजे बस्ने गरी बैठक आह्वान गरेका हुन् । 

    न्यायाधीश र न्याय प्रणालीमाथि संसद्मा चर्को कुरा उठिरहेका बेला प्रधानन्यायाधीश शर्माले परिषद् बैठक बोलाएका हुन् । साथै, सर्वोच्च अदालतमै चार न्यायाधीश रिक्त छन् । 

    मंगलबार बस्ने बैठकले रिक्त न्यायाधीश पदपूर्तिका लागि सिफारिस गर्नेलगाउतका विषयमा छलफल गरी केही निर्णय गर्ने जनाइएको छ । 

    परिषद्मा अध्यक्षसमेत रहेका प्रधानन्यायाधीश शर्मा, कानुन मन्त्री सोविता गौतम, सर्वोच्चका वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल, महेशकुमार नेपाल र दामोदर खड्का सदस्य छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend