२०८३, आश्विन २१ गते

images

उपभोक्ता ऐन उल्लङ्घन गर्ने व्यवसायीलाई ५१ हजार रुपैयाँ जरिवाना

उपभोक्ता ऐन उल्लङ्घन गर्ने व्यवसायीलाई ५१ हजार रुपैयाँ जरिवाना

आइतवार, जेठ ४ २०८२०२:१५
आइतवार, जेठ ४ २०८२०२:१५
  • images

    काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता संरक्षण ऐन उल्लङ्घन गरेको पाइएपछि एक व्यवसायीलाई जरिवाना गरेको छ भने अन्य केही व्यवसायीलाई कागजातसहित विभागमा उपस्थित हुन निर्देशन दिएको छ।

    विभागबाट काठमाडौं उपत्यकाका विभिन्न उद्योग तथा फर्महरूको अनुगमन गर्दा उपभोक्ता संरक्षण ऐन, २०७५ तथा उपभोक्ता संरक्षण नियमावली, २०७६ विपरीत गतिविधि देखिएको जनाउँदै कारबाही तथा निर्देशन दिइएको हो।

    उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ (४) अनुसारको कसुर गरेको पाइएपछि काठमाडौं महानगरपालिका–१० मा रहेको सेलवेज क्यास एण्ड क्यारी प्रा.लि. लाई ५१,००० जरिवाना गरिएको विभागले जनाएको छ। सोही ऐनको दफा ३९ को १ (घ) अनुसार कारबाही गरिएको हो।

    त्यस्तै, आर.पी. ग्रुप प्रा. लि. (काठमाडौं महानगरपालिका–०१) र मणिक गंगा इन्टरप्राइजेज (काठमाडौं महानगरपालिका–१५) लाई व्यवसायसँग सम्बन्धित सम्पूर्ण कागजातसहित तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ।

    सिटी वाक (काठमाडौं महानगरपालिका–०१) लाई उपभोक्ता संरक्षण ऐन बमोजिम बिक्रेताले पालना गर्नुपर्ने दायित्व पूरा गर्न निर्देशन दिइएको छ।

    यस्तै, पञ्चकन्या अटो मोबाइल्स (काठमाडौं महानगरपालिका–१२), वि. जे. इन्टरनेशनल प्रा. लि. (टोखा नगरपालिका–१०), गुडनेश फुड्स प्रा. लि. (काठमाडौं महानगरपालिका–०६), शुभ सत्कार ट्रेडिङ्ग प्रा. लि. (बुढानिलकण्ठ नगरपालिका–०७) र मामा भान्जा ट्रेडर्स प्रा. लि. (काठमाडौं महानगरपालिका–११) लाई सामान्य निर्देशन दिइएको विभागले जानकारी दिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend