२०८३, आश्विन २१ गते

images
  • अटो
  • २०२४ मा नाफामा फर्कियो हुवावे पार्टनर...

२०२४ मा नाफामा फर्कियो हुवावे पार्टनर सेरेस ग्रुप, गिगाफ्याक्ट्री खरिदका लागि स्वीकृति प्राप्त

२०२४ मा नाफामा फर्कियो हुवावे पार्टनर सेरेस ग्रुप, गिगाफ्याक्ट्री खरिदका लागि स्वीकृति प्राप्त

सीएनएन खबर
आइतवार, जेठ ४ २०८२०८:२५
सीएनएन खबर
आइतवार, जेठ ४ २०८२०८:२५
  • images

    काठमाडाैँ । हुवावे टेक्नोलोजिजसँगको सहकार्यमा विद्युतीय सवारीसाधन निर्माण गर्दै आएको सेरेस ग्रुपले सन् २०२४ मा उत्कृष्ट सवारी बिक्रीका कारण पुनः नाफामा फर्किएको जानकारी दिएको छ। साथै, कम्पनीले योजनामा रहेको गिगाफ्याक्ट्री (विशाल उत्पादन कारखाना) खरिदको लागि स्टक एक्सचेन्जबाट स्वीकृति पनि पाएको छ।

    कम्पनीले सन् २०२४ डिसेम्बर ३१ मा समाप्त आर्थिक वर्षको लागि अनुमानित नाफा ५.५ अर्बदेखि ६ अर्ब चिनियाँ युआन (७५६ मिलियनदेखि ८२५ मिलियन अमेरिकी डलर) रहेको जनाएको छ। यो अघिल्लो वर्षको २.४५ अर्ब चिनियाँ युआन (३३७ मिलियन अमेरिकी डलर) घाटासँग तुलना गर्दा महत्वपूर्ण वित्तीय सुधार हो।

    सेरेसले यो वित्तीय सफलता हुवावेसँगको सहकार्यमा विकसित सेरेस आइटो ब्रान्डका न्यू इनर्जी भेहिकल को बृद्धिमान बिक्रीलाई श्रेय दिएको छ। चोंगकिङमा मुख्यालय रहेको कम्पनीको सवारी बिक्री गत वर्षको तुलनामा ९७ प्रतिशतले बृद्धि भई ४,९७,००० युनिटमा पुगेको छ। विशेषतः न्यू इनर्जी भेहिकल बिक्री झण्डै तीनगुणा बृद्धि भई ४,२६,९०० युनिटमा पुगेको छ।

    आजको दिनमा सेरेसको सेयर मूल्य ५.१ प्रतिशतले घटेर १३१।९० चिनियाँ युआन (१८.१६ अमेरिकी डलर) मा बन्द भएको छ। यद्यपि, समग्र रूपमा शांघाई स्टक मार्केटमा ०.९ प्रतिशतको गिरावट देखिएको थियो। पछिल्ला १२ महिनामा सेरेसको सेयर मूल्यमा झण्डै १७ प्रतिशतको बृद्धि भएको उल्लेखनीय तथ्य हो।

    सेरेस ग्रुपले हालै घोषणा गरिएअनुसार, नोभेम्बर महिनामा प्रस्ताव गरिएको लंगशेंग न्यू इनर्जी टेक्नोलोजीको अधिग्रहणका लागि ८.१७ अर्ब चिनियाँ युआन ९१.१२ बिलियन अमेरिकी डलर० बराबरको सेयर बिक्री योजनालाई शांघाई स्टक एक्सचेन्जले स्वीकृति दिइसकेको जानकारी दिएको छ।

    लंगशेंग कम्पनी न्यू इनर्जी भेहिकल उत्पादनको लागि स्थापना गरिएको हो, जसको प्रमुख सम्पत्ति गिगाफ्याक्ट्री रहेको छ। सेरेसले हाल उक्त गिगाफ्याक्ट्री भाडामा लिएको छ, जहाँ आइटो सिरिजको उत्पादनका लागि ३,००० भन्दा बढी रोबोटहरू बुद्धिमत्तापूर्वक समन्वयमा सञ्चालन हुने गरी पूर्ण रूपमा स्वचालित प्रणाली जडान गरिएको छ। प्रमुख उत्पादन प्रक्रियामा १०० प्रतिशत अटोमेसन सुनिश्चित गरिएको छ।

    चोंगकिङ लियाङजियाङ न्यू एरियामा अवस्थित लंगशेंग न्यू इनर्जी तीन प्रमुख सरकारी लगानी संस्थाहरू – चोंगकिङ इन्डस्ट्री इन्भेस्टमेन्ट फण्ड, लियाङजियाङ न्यू एरिया डिभेलपमेन्ट एन्ड इन्भेस्टमेन्ट ग्रुप, र लियाङजियाङ न्यू एरिया इन्डस्ट्री डिभेलपमेन्ट ग्रुप – द्वारा सञ्चालित छ।

    सेरेस ग्रुपका अनुसार, चीनको सेक्योरिटिज रेगुलेटरी कमिसनबाट अन्तिम स्वीकृति आउन बाँकी छ। सम्झौता सम्पन्न भएपछि कम्पनीले गिगाफ्याक्ट्रीको पूर्ण स्वामित्व प्राप्त गर्नेछ, जसले उत्पादन प्रक्रियामा स्थायित्व, गुणस्तर नियन्त्रण, र स्वायत्तता अभिवृद्धि गर्नेछ।

    सेरेसका बारेमा

    सिलिकन भ्यालीबाट स्थापना भएको सेरेसले हाल ७० भन्दा बढी देशहरूमा व्यवसायिक उपस्थिति विस्तार गरिसकेको छ र युरोपको बजार प्रवेश गर्ने पहिलो चिनियाँ ईभी ब्रान्डको रूपमा पहिचान बनाएको छ। अमेरिका, चीन, इन्डोनेसिया, जर्मनी तथा जापानमा कम्पनीले ६ ओटा अत्याधुनिक उत्पादन केन्द्र र ७ वटा अनुसन्धान तथा विकास केन्द्र सञ्चालनमा ल्याएको छ। 

    सेरेस ग्रुप चीनका सीमित लाभदायक अटोमोबाइल कम्पनीहरूमध्ये एक हो, जसले सन् २०२५ को पहिलो त्रैमासिकमा १०० मिलियन डलरभन्दा बढी नाफा आर्जन गरेको छ। सेरेसले सन् २०२६ सम्ममा नेपालमा एम७,एम८ र एम९ मोडेलहरू सार्वजनिक गर्ने रणनीतिक योजना अघि सारेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend