काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री ओली स्वास्थ्यको कारण देखाउँदा मंगलबार संसद बैठकमा गएका छैनन् । प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम समेत कार्यसूचीबाट हटाइएको छ ।
तर, उनले सत्ता साझेदार दलका प्रमुखलाई बालुवाटारमै भेटेका हुन् । गभर्नर नियुक्तिमा भएको ढिलाइले अविश्वास बढेको चर्चाका बीच ओली र देउवाबीच मंगलबार भेटवार्ता भएको हो ।
सोमबार साँझै भेट्ने भनिए पनि भेटवार्ता हुन सकेको थिएन । प्रधानमन्त्री ओलीलाई भेट्न देउवा बालुवाटार पुगेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यो समाचार तयार पार्दासम्म देउवा बालुवाटारमै छन् ।

