२०८३, आश्विन २१ गते

images
  • अटो
  • बजेटमा ईभीमा कर बढ्ने हल्ला, व्यवसायीले...

बजेटमा ईभीमा कर बढ्ने हल्ला, व्यवसायीले बैशाखमै ल्याए १८ सय विद्युतीय गाडी

बजेटमा ईभीमा कर बढ्ने हल्ला, व्यवसायीले बैशाखमै ल्याए १८ सय विद्युतीय गाडी

बिहिवार, जेठ ८ २०८२११:३७
बिहिवार, जेठ ८ २०८२११:३७
  • images

    काठमाडौँ । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा विद्युतीय सवारी साधन (ईभी)मा कर बढ्ने हल्लाले वैशाख महिनामा व्यवसायीले आयात बढाएका छन् । 

    भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार व्यवसायीहरुले एक महिनामै १ हजार ८९२ युनिट ईभी आयात भएको छ । गत वर्षको सोही अवधिमा एक हजार ४०४ युनिट ईभी आयात भएको थियो ।

    चालु आर्थिक वर्षको १० महिना (साउनदेखि वैशाखसम्म)मा ९ हजार ८५९ युनिट विद्युतीय सवारी साधन (ईभी) नेपाल भित्रिएको छ । १० महिनाको अवधिमा नेपालमा २३ अर्ब १० करोड ५७ लाख रुपैयाँ बराबरको ईभी नेपाल भित्रिएको हो । उक्त आयातबाट सरकारले १४ अर्ब २५ करोड ११ लाख रुपैयाँ बराबरको राजश्व संकलन गरेको छ ।

    गत आर्थिक वर्षको तुलनामा यस वर्ष १ हजार ३६२ युनिट बढी ईभी आयात भएको छ । गत आर्थिक वर्ष २०८०÷८१ को १० महिनामा नेपालमा २१ अर्ब ८ करोड ८० लाख रुपैयाँ बराबरको ८ हजार ४९७ युनिट ईभी नेपाल भित्रिएको थियो। उक्त आयातबाट सरकारले ९ अर्ब ३६ करोड रुपैयाँ बराबरको राजश्व संकलन गरेको थियो ।

    १० महिनाको अवधिमा सबैभन्दा धेरै ईभी चीनबाट आयात भएका छन् । उक्त अवधिमा चीनबाट मात्र ७ हजार ३४४ युनिट ईभी नेपाल भित्रिएको भन्सार विभागको तथ्यांक छ । साउनदेखि वैशाखसम्ममा ५१ किलोवाटदेखि १०० किलोवाटका गाडी बढी भित्रिएका छन् ।

    ev1.jpg

    नेपालमा ५० किलोवाटसम्मका ३ हजार ३६९ युनिट गाडी आयात भएकामा चीनबाट मात्र एक हजार ९०० युनिट, भारतबाट एक हजार ४६६ युनिट र इन्डोनेसियाबाट ३ युनिट गाडी आयात भएका छन् ।

    ५१ देखि १०० किलोवाटसम्मका पाँच हजार ५३४ युनिट ईभी आयात भएका छन्। चीनबाट चार हजार ५९७ युनिट आयात भएका छन्। भारतबाट ९३६ युनिट आयात भएका छन्। त्यस्तै, १०१ देखिमाथिका गाडी ९४७ युनिट ईभी आयात भएका छन् ।

    आगामी आर्थिक वर्षको बजेटबाट विद्युतीय गाडीमा सरकारले भन्सार बढाउने आशंकामा व्यापारीले धमाधम मागभन्दा बढी गाडी भित्र्याउन थालेका छन् । 

    यसअघि गाडी नाकासम्म ल्याउने र नेपालमा बुकिङ भइसकेपछि मात्रै भन्सार पास गरेर गाडी ल्याउने गरेका व्यवसायीले अहिले भने माग नहुँदा पनि ह्वात्तै गाडीको आयात बढाएका हुन् ।  

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend