२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • भिजिट भिषाबारे मन्त्रालयले विज्ञप्ति निकाल्छ, केहि...

भिजिट भिषाबारे मन्त्रालयले विज्ञप्ति निकाल्छ, केहि दिनपछि बोल्छुः गृहमन्त्री

भिजिट भिषाबारे मन्त्रालयले विज्ञप्ति निकाल्छ, केहि दिनपछि बोल्छुः गृहमन्त्री

शनिवार, जेठ १० २०८२०२:२५
शनिवार, जेठ १० २०८२०२:२५
  • images

    काठमाडौं । भिजिट भिसााको आरोप खेपिरहेका गृहमन्त्री रमेश लेखकले आफूमाथि लागेको आरोप बारे केहि दिनमा बोल्ने बताएका छन् ।

    शनिबार धनुषा जिल्लास्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा कार्यकर्तासँग गरेको छलफलका क्रममा उनले यस्तो बताएका हुन्।

    एक कार्यकर्ताको जिज्ञासामा गृहमन्त्री लेखकले भने, ‘केही दिनदेखि भिजिट भिसासँग जोडेर मेरो बारेमा समाजिक संजालमा लेख्ने काम भइरहेको छ। केहिदिन चुप लागेर बसेको थिए। यो कहाँबाट, कसरी, किन भइरहेछ भने खोजी राखेको थिए। यो विषयमा मैले धेरै कुरा थाहा पाइसकेका छु। काठमाडौं गइसकेपछि मेरो मन्त्रालयले विज्ञप्ति निकाल्छ र दुईरचार दिनमा आफैँ पनि केही कुरा बोल्छु। अनि देशभरका साथीहरूलाई प्रष्ट हुन्छ। त्यसो हुनाले त्यतातिर अहिले धेरै बोल्दिनँ।’


    उनले भने, ‘म एउटै कुरा के भन्छु भने जीवनभरि राजनीति गर्दा पार्टीका सार्थीहरूको मन सानो हुने टाउको निहुरिने काम गर्दैनँ। जुन दिन मेरा हातले कुनै गलत काम हुन्छ। त्यो दिनदेखि म राजनीतिकमा देखा पर्दैनँ।’

    आफूमाथि उठेका सबै विषयलाई ठीक ढंगले आफ्नो कुरा राख्ने उनले बताए।

    शनिबार मात्रै नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले गृहमन्त्री लेखकलाई नैतिकताको आधारमा राजीनामा दिएर छानबिनका लागि मार्ग प्रशस्त गर्न सुझाव दिएका थिए ।

    शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले अध्यागमन विभागमा भएको भ्रष्टाचारका विषयमा कुरा उठिसकेपछि नैतिकताको आधारमा गृहमन्त्रीले राजीनामा दिनु उपयुक्त हुने धारणा व्यक्त गरेका हुन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend