२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • गृहमन्त्री विवाद : कांग्रेस नेताहरूबीच नैतिकता...

गृहमन्त्री विवाद : कांग्रेस नेताहरूबीच नैतिकता र बचाउको टकराव

गृहमन्त्री विवाद : कांग्रेस नेताहरूबीच नैतिकता र बचाउको टकराव

कर्मचारीले गल्ती गर्दा गृहमन्त्रीको राजीनामा माग्नु गलत

आइतवार, जेठ ११ २०८२११:५८
आइतवार, जेठ ११ २०८२११:५८
  • images

    काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले कुनै एक कार्यालयको कर्मचारीको गल्ती गर्दा प्रमुखको राजीनामा माग्न उचित नहुने टिप्पणी गरेका छन् । गृहमन्त्रालयका सहसचिव तीर्थराज भट्टराई पक्राउ परेको विषयमा बोल्दै उनले यस्तो बताएका हुन् ।


    ‘कुनै पनि अड्डा, कार्यालयको कुनै कर्मचारीले गल्ती गर्छ भने ऊ जिम्मेवार हुन्छ । जवाफदेही हुन्छ, त्यसो हो भने’, विराटनगरमा पत्रकारसँग कुरा गर्दै उनले भने, ‘त्यस्तो अवस्थामा कार्यालयकै प्रमुखले राजीनामा दिनुपर्छ, छोड्नुपर्छ भन्ने कुरा उठायौं भने राज्य व्यवस्था चल्दैन यसरी ।’

    सहसचिव भट्टराई पक्राउ परेपछि गृहमन्त्र रमेश लेखकको सचिवालय नै ‘भिजिट भिसा’मार्फता मानव तस्करीमा संलग्न रहेका समाचार आएका छन् । यसै विषयलाई लिएर गृहमन्त्रीको राजीनामा मागिरहेका बेला नेता सिटौलाले भने बचाउ गरेका हुन् ।

    यसअघि शनिबार विराटनगरमा नै कांग्रेस नेता डा. शेखर कोइरालाले भने गृहमन्त्री लेखकलाई नैतिकताका आधारमा राजीनामा दिन सुझाव दिएका थिए । तर, नेता सिटौलाले भने विगतमा मन्त्रीहरु माथि नै कुरो उठेकोले राजीनामा दिएको भएपनि अहिले अध्यागमन विभागका कर्मचारी माथिको आरोप मात्रै भएको बताए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend