२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • माओवादी केन्द्रको माग : 'गृहमन्त्री रमेश...

माओवादी केन्द्रको माग : 'गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्छ'

माओवादी केन्द्रको माग : 'गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्छ'

सोमवार, जेठ १२ २०८२११:५८
सोमवार, जेठ १२ २०८२११:५८
  • images

    काठमाडौं । नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा मागेको छ । आज बिहान बसेको माओवादी पदाधिकारी बैठकले मन्त्री लेखकले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।


    बैठकपछि प्रवक्ता अग्नि सापकोटाले भने, ‘हाम्रो पार्टीको आज बसेको बैठकले पनि के निष्कर्ष निकालेको छ भने गहृमन्त्री रमेश लेखकले राजीनामा दिएर छानबिनमा सहयोग गर्नुपर्छ ।’

    स्वतन्त्र र निष्पक्ष छानबिनका लागि पनि मन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माओवादी केन्द्रको ठहर छ । प्रवक्ता सापकोटाले भने, ‘जुन छानबिन नै सुरु गरिसकेको छ नि राज्यका निकायले यस्तो स्थितिमा राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्छ । ताकि पहुँच, प्रभाव र पावर प्रयोग हुन नपाओस् ।’


    नेपाली कांग्रेसको आजै बिहान बसेको पदाधिकारी बैठकले भने भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक संलग्न नभएको निष्कर्ष निकाल्दै उनले राजीनामा दिनु नपर्ने जनाएको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend