काठमाडौं ।नेपालमा व्यवसायिक सवारीसाधनको संख्यामा तीव्र वृद्धि भइरहेका बेला, गाडी सञ्चालनको विश्वसनीयता र दीर्घायु सुनिश्चित गर्न गाडीका सक्कली पाट्र्स प्रयोग गर्नुपर्ने आवश्यकता रहेको छ ।
नक्कली पाट्र्सले छोटो समयमै गाडी बिगार्ने, दुर्घटना निम्त्याउने र व्यवसायमा अवरोध पु¥याउने खतरालाई बढावा प्रदान गर्दछ, जसको निराकरणका लागि टाटाका व्यवसायिक सवारी प्रयोगकर्ताहरूले टाटा जेन्युइन पाट्र्सको प्रयोग अनिवार्य बनेको छ । टाटा मोटर्सको नेपालका लागि एक मात्र आधिकारिक वितरक सिप्रदी अटो पाट्र्स प्रालि मार्फत सक्कली पाट्र्स देशभर उपलब्ध रहेका छन् ।
सक्कली र नक्कली पाट्र्स छुट्याउने सजिलो उपाय
प्याकेटमा उल्लेख गरिएको Country Code: 2081290 वा 2081295 सुनिश्चित गरी
सक्कली टाटा जेन्युइन पार्टस् मा टाटा मोटर्स कम्पनीको सम्पूर्ण विवरण उल्लेख गरिएको हुन्छ
3D होलोग्राम मा देखिने टाटाको लोगोबाट
QR कोड स्क्यान गरेर सक्कलता पुष्टि गरेर
नेपालमा आयात भएको बक्समा एमआरपी विवरण उल्लेख गरेको हुँदैन ।
सक्कली पार्टस् को फाइदा व्यवसायमै देखिन्छ
टाटा जेन्युइन पार्टस् ले गाडीको इन्जिन, ब्रेक, क्लच लगायतमा दीर्घकालीन स्थायित्व प्रदान गर्छ । यसले गाडीको मर्मत खर्च कम गर्नुका साथै गाडीको समग्र प्रदर्शन पनि गुणस्तरिय सुधार ल्याउन मद्दत गर्छ ।
सिप्रदी अटोपाट्र्सको देशव्यापी सञ्जालबाट खरिद गर्न सकिने
सिप्रदी अटोपाट्र्स प्रालिका नेपालभर रहेका रिटेलस तथा पाट्र्स आउटलेटहरूमा सक्कली पार्टस् उपलब्ध छन् । ग्राहकहरूले कुनै पनि स्थानबाट खरिद गर्दा कण्ट्री कोड र क्युआर कोड जाँच गरेर मात्र सक्कली टाटा जेन्युइन पार्टस् प्रयोग गर्न कम्पनीले अनुरोध गरेको छ ।

