काठमाडौँ । सरकारले विद्युतीय सवारी साधनको कर यथावत राखेको छ ।
आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले ईभीको कर यथावत राखिएको घोषणा गरेका हुन् ।
सबै खालका ईभीको कर यथावत राखिएको अर्थमन्त्री पौडेलले जानकारी दिएका छन् ।
सरकारले आगामी आर्थिक वर्षको बजेटमा विद्युतीय गाडीमा लाग्दै आएको कर घटाउने भन्दै हल्ला चलेको थियो । उक्त हल्लाका बीच व्यवसायीहरुले बजेट सार्वजनिक हुनु अगाडी नै ठूलो संख्यामा इभी गाडीको आयात गरेका थिए ।

