२०८३, आश्विन २१ गते

images
  • अटो
  • राइड सेयरिङको विरोधमा पोखराका व्यवसायी, पारे...

राइड सेयरिङको विरोधमा पोखराका व्यवसायी, पारे यातायात सेवा ठप्प

राइड सेयरिङको विरोधमा पोखराका व्यवसायी, पारे यातायात सेवा ठप्प

शुक्रवार, जेठ १६ २०८२०८:०९
शुक्रवार, जेठ १६ २०८२०८:०९
  • images

    काठमाडौँ । यातायात व्यवसायीले राइड सेयरिङको विरोध जनाउँदै गण्डकी प्रदेशमा सार्वजनिक यातायात सेवा ठप्प पारेका छन् ।

    गण्डकी प्रदेश सरकारले ल्याएको राइड सेयरिङसम्बन्धि नियमावलीको विरोध जनाउँदै नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको नेतृत्वमा व्यवसायीले यातायात सेवा ठप्प पारेका हुन् ।

    उनीहरूले नियमावली पूर्ण रूपमा खारेज, सार्वजनिक सवारी सञ्चालन विधि, आयात नीतिलगायत सम्बन्धमा प्रदेश सरकारको लिखित नीति ठोस हुनुपर्ने र सार्वजनिक यातायात क्षेत्रमा योगदानमा आधारित सामाजिक सुरक्षा कोष अनिवार्य लागू गर्नुपर्ने माग गरेका छन् ।

    जेठ १९ देखि देशभर यातायात सेवा ठप्प पार्ने महासंघको तयारी छ । यसअघि एक हप्ताभित्र माग पूरा नभए सेवा ठप्प पार्ने घोषणा गरेका थिए ।

    गण्डकी प्रदेश सरकारले वैशाख ३० गते राइड सेयरिङ तथा सेल्फ ड्राइभ नियमन तथा व्यवस्थापनसम्बन्धी नियमावली जारी गरेको थियो ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend