२०८३, आश्विन २२ गते

images

जापान र भारतकोसहित तीन वटा निर्माण कम्पनी कालोसूचीमा

जापान र भारतकोसहित तीन वटा निर्माण कम्पनी कालोसूचीमा

मंगलवार, जेठ २० २०८२०१:०८
मंगलवार, जेठ २० २०८२०१:०८
  • images

    काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले तीन वटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । कालोसूचीमा पर्नेमा जापान र भारतको एक/एक गरी दुई वटा विदेशी तथा नेपाली एउटा निर्माण कम्पनी रहेको छ ।

    सार्वजनिक खरिद ऐन अनुसार ती कम्पनीलाई कालोसूचीमा राखिएको सार्वजनिक खरिद अनुगमन कार्यालयले सूचना निकालेर जनाएको छ ।

    कालोसूचीमा पर्नेमा जापानको मरुशिन शिताका कन्स्ट्रक्सन, भारतको पीएच–एसएमएनएस जेभी र नेपालको शंकरमाली निर्माण सेवा रहेका छन् ।

    रानी जमरा कुलरिया सिँचाइ आयोजना, कैलालीको सिफारिशमा मरुशिन शिताकालाई र ग्रामीण सडक सञ्जाल सुधार आयोजना, आयोजना समन्वय इकाइ, ललितपुरको सिफारिशमा पीएच–एसएमएनएस जेभी र शंकरमाली निर्माण सेवालाई कालोसूचीमा राखिएको हो ।

    मरुशिनलाई दुई वर्ष र र पीएच–एसएमएनएस तथा शंकरमालीलाई एक वर्ष ६ महिनाका लागि कालोसूचीमा राखिएको सूचनामा उल्लेख छ ।

    अब यी कम्पनीले तोकिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद प्रक्रियामा भाग लिन पाउने छैनन् ।

    black-list_notice_-_hhEPnMhg7l.jpg

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend