२०८३, आश्विन २१ गते

images

दिसाजन्य फोहोरबाट घोराही कारागारमा बायोग्यास उत्पादन

दिसाजन्य फोहोरबाट घोराही कारागारमा बायोग्यास उत्पादन

शनिवार, जेठ २४ २०८२०९:५७
शनिवार, जेठ २४ २०८२०९:५७
  • images

    काठमाडौँ । दाङको घोराही कारागारमा दिसाजन्य फोहोरबाट बायोग्यास उत्पादन गरिएको छ । पछिल्लो समय बढ्दो फोहोरको समस्या व्यवस्थापनका लागि बायोग्यास उत्पादन गरिएको कारागार कार्यालयले जनाएको छ । 

    कार्यालय प्रमुख लक्ष्मणसिँह राठौरल १२ लाख रुपैयाँको लागतमा बायोग्यास प्लान्ट निर्माण गरिएको बताए । ‘दिसाजन्य फोहोर व्यवस्थापनमा निकै चुनौती भइरहेको समयमा यसबाट बायोग्यास उत्पादन गर्दा प्रभावकारी हुने सुझावअनुसार काम गरेका हौँ । ५० घनमिटर क्षमताको बायोग्यासबाट हाल ८० जनाको लागि खाना पकाउनमा सहयोग पुगेको छ’, उनले भने ।

    विभिन्न ठाउँमा फोहोरजन्य वस्तु व्यवस्थापनमा समस्या भइरहेको समयमा आफूहरूले अरुलाई पनि सन्देश दिने उद्देश्यले बायोग्यास उत्पादन गरिएको राठौरको भनाइ छ । ‘फोहर अभावले हाल क्षमताअनुसार उत्पादन गर्न सकेका छैनौँ । आगामी दिनमा फोहोर बढाउन सकियो भने अझ धेरै बायोग्यास उत्पादन हुनेछ’, उनले भने, ‘यसले गर्दा एलपी ग्यासको बचत र दिसाजज्य फोहोरलाई व्यवस्थापन गर्न निकै सहज भएको छ । हाल घोराही कारागारमा ४२७ जना कैदिबन्दी रहेका छन् ।

    कालिकोटमा सौर्य ऊर्जाबाट विद्युत् उत्पादन

    यस्तै, कालिकोटको शुभकालिका गाउँपालिका–५ को राराकाटियाको चौलीमा सौर्य ऊर्जाबाट विद्युत् उत्पादन हुने भएको छ ।

    चंखेली इनर्जी प्रालि, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, गाउँपालिकाको संयुक्त लगानीमा र नेपाल विद्युत् प्राधिकरण कालिकोट वितरण केन्द्रको सहयोगमा १०० किलोवाटको सौर्य ऊर्जाबाट विद्युत् उत्पादनको काम अन्तिम चरणमा पुगेको हो । 

    सरकारले सौर्य ऊर्जालाई प्राथमिकतामा राखेको त्यसैअनुसार निजी क्षेत्रको साझेदारीमा शुभकालिका नीति तथा सरकारी क्षेत्रको लगानीमा सौर्य ऊर्जाबाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । 

    सोलार मिनी ग्रिड परियोजनाअन्तर्गत प्रालिको एक करोड ३० लाख रुपैयाँ, ऊर्जा प्रवद्र्धन केन्द्रको दुई करोड ९२ लाख रुपैयाँ र गाउँपालिकाले सडक, फिल्ड, पर्खाल, तारबारलगायत अन्य क्षेत्रमा खर्च गरेको चंखेली इनर्जी प्रालिका अध्यक्ष जजराज शाहीले बताए । ‘परियोजनामा जम्मा छ करोड २५ लाख रुपैयाँ खर्च भएको छ’,  उनले भने, ‘खम्बा गाड्नेलगायत अन्य परियोजनामा काममा नेपाल विद्युत् प्राधिकरण कालिकोट वितरण केन्द्रले सहयोग गरेको छ ।’

    गाउँपालिकालाई विद्युतीकरण गर्नका लागि सौर्य ऊर्जाले केही सहयोग पुग्ने गाउँपालिकाका अध्यक्ष गोविन्द आचार्यले बताए । ‘गाउँपालिका पूर्णरुपमा विद्युतीकरण हुन सकेको छैन’, उनले भने, ‘यहाँ उत्पादन हुने विद्युत्लाई नेपाल विद्युत् प्राधिकरणको सहयोगमा गाउँपालिकाभित्र नै वितरण गर्ने लक्ष्य राखिएको छ ।’

    सौर्य ऊर्जाबाट यही जेठको अन्तिममा वा असारको पहिलो साताबाट विद्युत् उत्पादन हुने प्रालिका अध्यक्ष शाहीले जानकारी दिए । ‘यहाँ उत्पादन भएको विद्युत् प्राधिकरण कालिकोट वितरण शाखाको सहजीकरणका वितरण गरिनेछ’, उनले भने, ‘यस उत्पादनले प्राधिकरणलाई नै सहयोग पुग्नेछ ।’

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend