२०८३, आश्विन २२ गते

images

साताको पहिलो कारोबार दिन नै ह्वात्तै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

साताको पहिलो कारोबार दिन नै ह्वात्तै घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

आइतवार, जेठ २५ २०८२१०:५१
आइतवार, जेठ २५ २०८२१०:५१
  • images

    काठमाडौँ । साताको पहिलो कारोबार दिन नै सुनचाँदीको मूल्य ह्वात्तै घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार आइतबार सुनको मूल्य तोलामै ३ हजार रुपैयाँले घटेको हो ।

    महासंघका अनुसार आइतबार एक तोला सुनको मूल्य १ लाख ९० हजार ७०० रुपैयाँ कायम भएको छ। अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबार एक तोला सुन १ लाख ९३ हजार ७०० सय रुपैयाँमा खरिदबिक्री भएको थियो।सुनको मूल्य घटेसँगै चाँदीको भाउ पनि घटेको छ।

    आज  ५ रुपैयाँले घटेर एक तोला चाँदी २१ सय ५० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend