२०८३, आश्विन २१ गते

images

दाङमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु, ३५ घाइते

दाङमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु, ३५ घाइते

आइतवार, जेठ २५ २०८२०२:५३
आइतवार, जेठ २५ २०८२०२:५३
  • images

    काठमाडौं । दाङमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। तुलसीपुर उपमहानगरपालिका–१३ बखरियामा बस दुर्घटना हुँदा २ जनाको मृत्यु र भने ३५ जना घाइते भएका हुन्। 

    दुर्घटनामा दंगीशरण गाउँपालिका–१ सिमलताराका २५ वर्षीय नारायण भण्डारी र शान्ता खड्का चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुल्सीपुरले जानकारी दिएको छ। दंगीशरन्को  गोल्टाकुरीबाट तुलसीपुरतर्फ जाँदै गरेको यात्रुबाहक बस ना ४ ख ४००९ नम्बर र तुलसीपुरबाट बखरिया जाँदै गरेको ज्ञानज्योति बोर्डिङ स्कुलको रा १ क ८७० नम्बरको खाली बस एकआपसमा ठोक्किँदा यात्रुबाहक बस करिब सडकदेखि करिब ५ मिटर तल खसेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ। 

    घाइतेहरू सबैलाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा लगिएको छ। दुवै बसका चालकहरूलाई प्रहरी नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend