२०८३, आश्विन २१ गते

images
  • स्थानीय
  • शिक्षा अधिकृतलाई निमित्त हाकिम, बिरोधमा कार्यालयमै...

शिक्षा अधिकृतलाई निमित्त हाकिम, बिरोधमा कार्यालयमै थुनिईन नगर प्रमुख

शिक्षा अधिकृतलाई निमित्त हाकिम, बिरोधमा कार्यालयमै थुनिईन नगर प्रमुख

मंगलवार, जेठ २७ २०८२०१:४९
मंगलवार, जेठ २७ २०८२०१:४९
  • images

    काठमाडौँ । राजविराज नगरपालिकाकी‌ कार्यवाहक नगरप्रमुख इसरत परविन कार्यालयमै थुनिएकी छन्।‌ आर्थिक वर्षको अन्तिममा शिक्षा शाखाका कर्मचारीलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत बनाएको भन्दै कर्मचारीले विरोध गर्दै आएका छन् । 

    उपसचिवको दरबन्दी रहेको पालिकामा कार्यवाहक नगरप्रमुखले शिक्षा शाखा प्रमुख भोगेन्द्र यादवलाई निमित्त प्रमुखको जिम्मावारी दिएकी थिईन । 

    निलम्बित नगरप्रमुख भीमराज यादवको नेतृत्वमा आएका स्थानीयवासीले राजविराज नगरपालिकामा तोडफोड गरेका  छन् । 

    निमित्तलाई हाकिम नबनाउने नगरपालिकामा भ्रष्टाचार बढेकोलगायतका मागसहित यादव नेतृत्वको टोली तीन दिनदेखि तालाबन्दी गरेर आन्दोलनमा छ‌ । ताला फोडेर आज भोगेन्द्र यादवलाई कार्यवाहक नगरप्रमुखले पदभार ग्रहण गराउन खोज्दा आन्दोलन चर्किएको हो।

    आन्दोलनमा दुई पक्षबिच धकेलाधकेल र ढुंगामुढासमेत भएको छ। कार्यवाहक नगरप्रमुखसहित निमित्त कार्यालय प्रमुख अहिले प्रहरीको सुरक्षाबिच नगरपालिका भित्र थुनिएका छन्। सुरक्षाको दृष्टिकोणले यहाँ व्यापक प्रहरी परिचालन गरिएको छ।
     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend