२०८३, आश्विन २१ गते

images
  • अटो
  • दश वर्षमा चीनबाट मात्रै भित्रिए १४...

दश वर्षमा चीनबाट मात्रै भित्रिए १४ हजार ५०० विद्युतीय गाडी

दश वर्षमा चीनबाट मात्रै भित्रिए १४ हजार ५०० विद्युतीय गाडी

बुधवार, जेठ २८ २०८२१०:२०
बुधवार, जेठ २८ २०८२१०:२०
  • images

    काठमाडौँ । दश वर्षमा रसुवागढीबाट चीनमा उत्पादित विद्युतीय सवारीसाधनको आयात १४ हजार ५०० नाघेको छ । 

    विद्युतीय सवारीको आयात बढ्दै गएपछि टिमुरे, घट्टेखोला, रसुवागढी क्षेत्रमा ती वाहन थन्किएका छन् । आयातकर्ताले भन्सार प्रक्रिया पूरा नगर्दा ठूलो सङ्ख्यामा ती सवारीसाधन थन्किएका हुन् । 
          
    रसुवा भन्सार कार्यालयका सूचना अधिकारी रवीन्द्र प्याकुरेलका अनुसार दुई हजार ५७०  सवारीसाधनको भन्सार जाँचपास भइसकेको छ । काठमाडौँतर्फ प्रस्थान गरिसकेको छ । 

    चीनबाट सवारीसाधनका अतिरिक्त जुत्ता, चप्पल, तयारी कपडा, रबर, विद्युतीय उपकरणका साथै कृषि उत्पादन पनि आयात हुने गरेको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend