काठमाडौं । टेल्जी ब्राण्डको नयाँ विद्युतीय स्कुटर नेपाल भित्रिएको छ । टेल्जी ब्राण्डको नेपालका लागि आधिकारिक बिक्रेता योम मा ई मोटर्स प्रालिले अपडेटसहितको टेल्जी टाइगर प्लस र नयाँ कार्गो स्कुटर भित्र्याएको हो । कम्पनीले अपडेटसहति ल्याएको टाइगर प्लस पुरानै मूल्यमा ल्याएको हो ।
टाइगर प्लसमा कम्पनीले इन्टेलिजेन्ट चार्जिङ फिचर थप गरेको छ । यसको मद्धतले यो स्कुटर ३ घन्टामा फुल चार्ज हुन्छ । यसमा कम्पनीले रिभर्स गियर समेत थप गरेर ल्याएको हो ।
उक्त स्कुटर सार्वजनिक कार्यक्रममा बोल्दै टेल्जी नेपालका निर्देशक संजिव शिल्पकारले हाम्रो सबैभन्दा लोकप्रिय मोडल टाइगरको गुणस्तर वृद्धि गर्दै नयाँ मोडल ल्याएको बताए ।
उनले भने, ‘टेल्जी टाइगर एकदमै रुचाइएको स्कुटरमा हामीले ग्राहकको सुझाव अनुसार नै अपग्रेड गरेर ल्याएको छौं, आगामी दिनमा हामी अझै यसको गुणस्तर वृद्धिको काम गर्दै जानेछौ ।’ नेपाली ग्राहक अब पहिला जस्तो नभएर क्वालिटीलाई ध्यान दिने भएको कम्पनीका अध्यक्ष राजेश राजकर्निकारले बताए ।
‘नेपाली बजारमा विद्यूतीय स्कुटरमा धेरैनै प्रतिस्पर्धा छ । अब ग्राहकले स्कुटरको गुणस्तर, सर्भिस हेरेर मात्रै स्कुटर किन्ने अवस्था आएको छ । यस्तोमा हामीले हाम्रो सबैभन्दा उत्कृष्ट स्कुटरलाई अझै परिस्कृत गरेर ल्याएका छौं,’ उनले भने । कम्पनीले ल्याएको नयाँ स्कुटर टाइगर प्लसमा स्कुटरमा ३ किलोवाट रेटेड पावरको मोटर उपलब्ध छ ।

